सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट, कतिले पाए सेयर ?

Posted on: 08 Mar, 2024

फागुन २५, काठमाडौँ | सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । बुक विल्डिङ विधिबाट सर्वसाधारणलाई जारी गरेको आईपीओ आज (शुक्रबार) बाँडफाँट भएको हो ।

गोलाप्रथामार्फत बाँडिएको सेयर ५५ हजार ५२१ जनाले पाएका छन् । जसमध्ये २६ जनाले ५१ कित्ता र बाँकीले ५० कित्ताका दरले सेयर पाएका हुन् ।

सर्वोत्तमको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले आवेदन दिएकोमा १ हजार ३४२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जानकारी गराएको छ ।

रितपूर्वक आवेदन दिएका ९ लाख ५८ हजार ९५९ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । सर्वोत्तमले फागुन १३ गतेदेखि १६ गतेसम्म सर्वसाधारणका लागि कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर ३६०।९० रुपैयाँमा बिक्री खुला गरेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!