७ महिनामा ८ खर्ब ३९ अर्ब रेमिट्यान्स भित्रियो

Posted on: 10 Mar, 2024

फागुन २७, काठमाडौँ | चालु आर्थिक वर्षको ७ महिनामा ८ खर्ब ३९ अर्ब रुपैयाँ रेमिटयन्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्म विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भई ८ खर्ब ३९ अर्ब पुगेको हो । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो ।  अमेरिकी डलरमा विप्रेषण आप्रवाह १९.१ प्रतिशतले वृद्धि भई ६ अर्ब ३१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या २ लाख ४७ हजार १२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ५८ हजार ५४० रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्ताे ेसंख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर २०.० प्रतिशतले वृद्धि भई रु.९ खर्ब १० अर्ब ७४ करोड पुगेको छ ।  अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २५.२ प्रतिशतले बढेको थियो ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!