आज पनि घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?

Posted on: 18 Mar, 2024

चैत ५, काठमाडौँ | सुनचाँदीको मूल्य घटेको छ । आइतबारको तुलना सोमबार सुनचाँदीको मूल्य घटेको हो । 

सोमबार तोलामा ५०० रुपैयाँले घटेर छापावाल सुन प्रतितोला १ लाख २४ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तोलामा १० रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!