एकै दिन २६ सयले बढ्दै सुनको भाउ अहिलेसम्मकै उच्च

Posted on: 21 Mar, 2024

चैत ८, काठमाडौँ | नेपाली बजारमा सुनको मूल्य प्रतितोला २६ सयले रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख २७ हजार ८ सय कायम भएको छ ।

हिजो छापावाला सुन प्रतितोला एक लाख २५ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन प्रतितोला एक लाख २७ हजार २ सय कायम गरेको छ । हिजो तेजाबी सुन प्रतितोला एक लाख २४ हजार ६ सय मूल्यमा कारोबार भएको थियो ।

यसै गरी, चाँदीको मूल्य आज प्रतितोला एक हजार पाँच सय ५५ सयमा कारोबार भइरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!