लगातार नयाँ रेकर्ड बनाउँदै उकालो यात्रामा सुनको मुल्य !

Posted on: 01 Apr, 2024

चैत १९, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले लगातार रेकर्ड बनाइरहेको छ । आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेर सुनको मूल्य नयाँ उचाइमा पुगेको हो ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ५ सय ३५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!