आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द

Posted on: 11 Apr, 2024

चैत २९, काठमाडौ | नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्र (ईद) को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ ।

सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो । उक्त दिन ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!