असोज ६, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ६, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय "/>
७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रोल्पामा एनआरएन साउदीद्वारा १० लाख ५० हजारको स्कुल भवन शिलान्यास

६ आश्विन २०७३, बिहीबार ०७:११

असोज ६, रोल्पा । सिद्दार्थ मावि घोप्टेओढार जिनावाङ्गमा संचालित नमुना विद्यालय निर्माण अभियानको पन्च बर्षे योजना अन्तर्गत भौतिक सुधार कार्यक्रमका लागि गैर आवासीय नेपाली संघ राष्ट्रिय परिषद साउदी अरबले १० लाख ५० हजार बराबरको लगानीमा स्कुल भवनको शिलान्यास तथा उद्घाटन यहि असोज ५ गते सम्पन्न गरेको छ । उक्त दुईकोठे पक्कि भवन एनआरएन साउदी संस्थाले विद्यालयलाई अनुदान स्वरूप निसुल्क प्रदान गरेको हो ।

भवन शिलान्यास तथा उत्घाटन समाहरोहको ब्यबस्थापन सिद्दार्थ मावि घोप्टेओढारले गरेको थियो । उक्त समाहरोहमा गैर आवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद बैदेशिक रोजगार तथा आप्रवासी नेपाली कल्याणकारी समितिका संयोजक धर्म केसी, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीका महासचिव तेज बहादुर थापा, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीकी महिला संयोजक उषा केसी, गैर आवासीय नेपाली संघ पुर्बी क्षेत्रीय समिति साउदी अरबका क्षेत्रीय अध्यक्ष चन्द्र मणि भण्डारी र जिल्ला शिक्षा कार्यलयका प्रतिनिधि तथा स्रोत व्यक्ति शेर बहादुर डाँगीको उपस्थिति रहेको थियो ।


स्थानीय समुदाय, अन्तर विद्यालयका शिक्षक प्रतिनिधि र राजनीतिकदलका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त समारोह बीच कार्यक्रमका प्रमुख अतिथि धर्म केसीले भवनको शिलान्यास तथा उद्घाटन गरेका थिए । यसका साथै भवन निर्माण सम्झौता पत्रमा एनआरएन साउदीको तर्फबाट महासचिव तेज बहादुत थापा र विद्यालयको तर्फबाट अभियान संयोजक प्रेम बहादुर ओली, बिब्यस अध्यक्ष तिलकराम ओली र प्रधानाध्यापक गोर्ख बहादुर ओलीले हस्ताक्षर गरेका थिए ।

भवनको निर्माण कार्य सपन्न भए लगतै २०७४ सालमा विद्यालयलाई थप कम्प्युटर र अन्य सामाग्रीहरु पनि उपलब्ध गराई आफै जडान गरिदिने समेत सम्झौता पत्रमा उल्लेख छ । सानदार ढंगले सम्पन भएको शिलान्यास समाहरोहमा स्थानीयबासीले विभिन्न सांस्कृति झाँकीहरु प्रस्तुत गरेका थिए । 

प्रधानाध्यापक गोर्ख बहादुर ओली र सहायक शिक्षक तेजेन्द्र गिरि द्वारा संचालन गरिएको कार्यक्रममा आमन्त्रित अतिथिहरुलाई सम्मानपत्र दिदै कार्यक्रमका सभापति तथा विव्यस अध्यक्ष तिलक राम ओलीबाट सभाविसर्जन भएको थियो । 

बिद्यालय सुचना बिभाग प्रमुख केबी गुरुङको सहयोगबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता हर्क साम्पाङले सुनसरी–१ बाट मनोनयन दर्ता गराए प्रचण्ड बाजागाजासहित उम्मेदवारी दर्ता गर्न पुगे रवि लामिछानेको मुद्दा संशोधन विवाद : सर्वोच्चमा सुनुवाइ सुरू रिक्त मन्त्रालयको कार्यभार प्रधानमन्त्री सुशीला कार्कीले सम्हाल्ने शिक्षामन्त्रीबाट राजीनामा दिएका महावीर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार सुनचाँदीको मूल्यमा निरन्तर नयाँ रेकर्ड बन्दै शिक्षामन्त्री महाविर पुनले दिए राजीनामा सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी