प्रभात सुवेदी । मंसिर २१, बर्दिया ।

यस्तै रैछ माया कुटुकुटु मन खाने 

हे माया, ख्यालख्यलमा ज्यानै जाने .....

आजभन्दा १७ "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  प्रभात सुवेदी । मंसिर २१, बर्दिया ।

यस्तै रैछ माया कुटुकुटु मन खाने 

हे माया, ख्यालख्यलमा ज्यानै जाने .....

आजभन्दा १७ "/>

२०८२, १० चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

अस्ताए बर्दियाली लोक सङ्गीतका तारा

२०७३, २१ मंसिर मंगलवार १४:३२

 प्रभात सुवेदी । मंसिर २१, बर्दिया ।

यस्तै रैछ माया कुटुकुटु मन खाने 

हे माया, ख्यालख्यलमा ज्यानै जाने …..

आजभन्दा १७ वर्ष अघि वहाँले नै रेकर्डिङ गराउनुभएको यही गीत जस्तै भयो वहाँको जीवन पनि । गीतमा वहाँ आफैले भनेजस्तै गरी ख्यालख्यालमा नै वहाँ अस्ताउनुभयो । बर्दियाली कलाकार लोक सङ्गीतका साधक राम बहादुर कुँवरको ५२ वर्षको उमेरमा मंगलबार विहान निधन भएको छ । 


म्याग्दी जिल्लामा जन्मेर पछिल्लो समयमा बर्दियाको गुलरिया नगरपालिकाको खैरीमा बसोबास गर्दै अउनुभएका राम बहादुर कुँवर वि.सं. २०५१ सालदेखि नै बर्दियाको साङ्गीतिक क्षेत्रमा योगदान पुर्याउँदै आउनुभएको थियो ।  वहाँका रेलको इन्जन, नरौ मयालु, लाली बजारमा, जुर्यो लगन लोक तथा दोहोरी गीतका एल्बमहरु प्रकाशित भैसकेका छन् भने थुप्रै साङ्गीतिक प्रतिभाहरु आम जनमानसमा पस्किसक्नुभएको थियो । 

वहाँसँग सामिप्यता, साङ्गितीक सहकार्यता गर्नुभएका पछिल्लो सयम काठमाडौमा रहनुभएका संस्कृतिकर्मी तथा कानुन व्यावसायी कृष्णप्रसाद सुवेदीले ‘वहाँ गीत सङ्गीत भनेपछि अत्यन्तै हुरुक्कै हुने र यसका लागि घर परिवार नै त्यागेर हिड्नुभएको स्मरण गर्नुहुँदै, वहाँकै कारणले मैले पनि रेलको इन्जन नामक एल्बममा वहाँसँगै गीत गाउने सौभाग्य पाएको हुँ, सायद वहाँको साथ नहुँदो हो त मेरो पनि इच्छा गर्भमा नै रहने थियो होला,’ भन्नुहुँदै वहाँको मुख्य ध्येय भनेको कृति भन्दा पनि आफ्नो कलालाई देखाउनु पर्छ भन्ने मान्यता रहको थियो तर वहाँले चाहाना गरेबमोजिम नभएको तर कलाकारितालाई जीवनको अन्तसम्म पनि छाड्दिन भन्नुभएको कुरा स्मरण गर्नुभयो । बर्दिया जिल्लामा लोक गीत सङ्गीतलाई यहाँसम्म पुर्याउन निकै महत्वपूर्ण योगदान रहेको कुरा स्मरण गर्नुहुँदै वहाँ बर्दिया जिल्लाका अधिकांश साङ्गीतिक कार्यक्रमका प्रतियोगिताहरुमा निर्णायकका रुपमा रहनुहुन्थ्थो । कतिपय अवस्थामा काठमाडौमा म्युजिक कम्पनीहरुले नै धोका दिएका कारण वहाँले चाहेर पनि धेरै सिर्जनाहरु बाहिर ल्याउनु नसक्नुभएको वहाँले बताउनुभयो । साथै वहाँको निधनले बर्दियाको लोक तथा दोहोरी गीतसङ्गीतको फाँटमो अपूरणीय क्षती पुगेको छ, हामी अत्यन्तै मर्माहत छौँ, संस्कृतिकर्मी कुष्णप्रसाद सुवेदीले बताउनुभयो ।

 

वहाँको पहिलो लोक दाेहोरी गीतको एल्वम रेलको इन्जनको कभर पृष्ठ …..

वहाँले तत्कालीन समयमा बर्दियाका समकालीन कलाकार साथीहरु राम थापा, कृष्णप्रसाद देवकोटा लगायत नरेन्द्र श्रेष्ठ, मनोज भण्डारी, एकराज पौडेल गुलरियाको कुनै पनि चोकमा जम्मा हुनासाथ मानिसहरु अब केही कार्यक्रम हुँदैछ भन्ने लख सजिलै काट्थे । यो वहाँको साङ्गितीक उचाईको प्रभाव हो, सुवेदीले बताउनुभयो ।  

वहाँसगै मिलेर एल्बमहरु निकाल्नुभएका अर्का बर्दियाली कलाकार नरेन्द्र श्रेष्ठले यसरी सम्झिनुभयो : ‘ जिल्ला हुलाक कार्यालयमा कर्मचारी हुनुहुन्थ्यो वि.सं. २०४५ सालदेखि नै दीपेन्द्र सांस्कृतिक क्लबमा आवद्ध भई मादल हामीसँगै मादल बजाउनुहुन्थ्यो, वहाँको स्वर पनि निकै र भएकाले लोक गीत गाउन इच्छा देखाउनुभयो र हामीले सँगै मिलेर २०५६ सालमा रेलको इन्जन निकालेका थियौँ । वहाँ लोक तथा दोहोरी  गीतको क्षेत्रमा अत्यन्तै पोख्त हुनुहुन्थ्यो तर विविध कारणले गर्दा साङ्गितीक क्षेत्रमा ओझेलमा पर्नुभएको हो ।’ कलाकार नरेन्द्र श्रेष्ठले बताउनुभयो । 

बर्दियाली श्रष्टा मनोज भण्डारीले वहाँलाई बर्दियाको लोक तथा दोहोरी गीत सङ्गीतको क्षेत्रमा अत्यन्तै होनाहार प्रतिभाका रुपमा लिनुहुँदै बर्दियामा वहाँको साङ्गितीक योगदान स्मरणीय रहेको कुरा बताउनुभयो । 

बर्दियाका जनवादी कलाकार विष्णु थापाले जनसांस्कृति महासंघमा आवद्ध भएर अध्यक्षको भूमिकामा रही वि.सं.२०४५ सालदेखि हाम्रो समाजमा समतामूलक अधिकार र साकाजिक भिभेद अन्त्य गर्नु पर्छ भन्दै गीत सङ्गीतका माध्यमबाट आम जनतालाई चेतना छर्दै हिड्नुभएको स्मरण गर्नुहुँदै  आफ्नो साङ्गितीक प्रेरक व्यक्तित्वका रुपमा मान्दछु भन्नुभयो । वहाँकै प्रेरणाबाट बर्दियाले धेरै कलाकार जन्माएको छ भन्नुहुँदै, वहाँ जहिले पनि सम्मानित हुनुहुन्छ, नेपाली समाजलाई सकारात्मक रुपान्तरणका लागि वहाँको योगदानलाई बर्दियाले भुल्न नुहुने र वहाँका अधुरा सपनाहरुलाई पूरा गर्ने दायित्व हाम्रो काँधमा आएको कुरा बताउनुभयो ।

नेपाल राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बर्दिया शाखाका वरिष्ठ सल्लाहकार समेत रहनुभएका लोक गायक राम बहादुर कुँवरका श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । 

वहाँको बुधबार सर्यु नदीको मुक्तिनारायण भादाघाटमा अन्तिम संस्कार गरिने भएको परिवार श्रोतले बताएको छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ शेरबहादुर देउवाको निजी निवासका केही संरचनाहरू भत्काउन थालियो रास्वपा केन्द्रीय समिति बैठक बिहीबारका लागि आह्वान सरकारले भ्रष्टाचार रोक्न सकेन भने जनतालाई ठूलो धोका हुनेछ: महावीर पुन आज पनि घट्यो सुनको मूल्य ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन