फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १०"/>
१३ माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सौराहामा खाना महोत्सव सम्पन्न

५ फाल्गुन २०७३, बिहीबार ०६:४८

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो । 

यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ । 

प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिनुभयो । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरिएको थियो । 

आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए । 

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । यो समयमा पर्यटकको मौसम नभएकाले आएका पर्यटकको बसाइ लम्ब्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको क्षेत्रीय रेवानका महासचिव दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

महोत्सव अवधिभरमा रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुट सुविधा दिइएको जनाइएको छ । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेलमैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन