फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १०"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १०"/>
2026-08-31 04:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

सौराहामा खाना महोत्सव सम्पन्न

फागुन ५, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगरस्थित सौराहामा यही माघ २९ देखि सुरु ११औँ सौराहा फुड फेस्टिबल (महोत्सव) सम्पन्न भएको छ । गएराति १० बजे फेस्टिबलको समापन गरिएको हो । 

यस वर्ष विगतभन्दा उत्साहप्रद रुपमा फेस्टिबल सम्पन्न भएको रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (क्षेत्रीय रेवान)का अध्यक्ष लालबहादुर भट्ट राजनले जानकारी दिनुभयो । उहाँका अनुसार फेस्टिबलमा एक लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । करिब रु ५० लाखको कारोबार भएको अनुमान छ । 

प्रेम दिवसका दिन मङ्गलबार सबैभन्दा बढी दर्शक आएको आयोजक समितिका संयोजक नरेश गिरीले जानकारी दिनुभयो । ‘प्राकृतिक सौन्दर्य, चितवन सौराहाको विशेषता’ भन्ने नारासहित सौरहामा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रणय दिवसको अवसर पारेर खाना महोत्सव आयोजना गरिएको थियो । 

आयोजना हुन लागेको खाना महोत्सवमा विभिन्न परिकारका नेपाली तथा विदेशी खानासहित स्थानीय थारू समुदायको परिकारमा दर्शक लोभिएका थिए भने दैनिक रुपमा राष्ट्रिय कलाकारले प्रस्तुति दिएका थिए । 

राष्ट्रिय कलाकार तथा गायक राजेशपायल राई, पशुपति शर्मा, बद्रि पँगेनी, प्रजापति पराजुली लगायतले प्रस्तुति दिएका थिए । यो समयमा पर्यटकको मौसम नभएकाले आएका पर्यटकको बसाइ लम्ब्याउने र अन्य पर्यटकलाई पनि आउन प्रेरित गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको क्षेत्रीय रेवानका महासचिव दीपेन्द्र खतिवडाले जानकारी दिनुभयो । 

महोत्सव अवधिभरमा रेस्टुरेन्ट तथा होटलमा १५ प्रतिशत छुट तथा साना पर्यटन व्यवसायीद्वारा ३० प्रतिशतसम्म छुट सुविधा दिइएको जनाइएको छ । महोत्सवबाट आएको आम्दानीमध्ये केही प्रतिशत अपाङ्ग तथा वृद्धवृद्धालाई सहयोग, खेलमैदान व्यवस्थापन, स्थानीय क्लब तथा उज्यालो सौराहा कार्यक्रममा खर्च गरिने जनाइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने