टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 

२०८३, ६ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न ६ लाखको घेराबार भत्काइयो

२०७३, ६ फाल्गुन शुक्रबार ११:५७


टेक शाही/फागुन ६, डोल्पा । डोल्पा जिल्लामा ६७ औँ प्रजातन्त्र दिवसमा घोडा दौड प्रतियोगिता गर्न भन्दै ६ लाखमा निर्माण गरिएको घेरावार भत्काइएको छ । 

जिल्ला बिकास समिति डोल्पा मार्फत आर्थिक बर्ष ०७२/०७३ मा कुल ६ लाख लागतमा दुनै भ्याली क्लबले निमार्ण गरेको खेलकुद मैदान घेराबार घोडादौड प्रतियोगिता गर्ने भन्दै आज सबै घेराबार भत्काइएको हो । 

प्रजतन्त्र दिवस मनाउनको लागि जिल्ला बिकास समिति डोल्पाले सर्वदलिय बैठक बोलाए पछि जिल्लाको सर्वदलिय बैठकले खेलकुद मैदानको घेराबार भत्काएर घोडादौड प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला बिकास समितिले जानकारि दिएको छ । 

जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबसँग कुनै पनि छलफल नँगरि जिल्लाको सर्वदलिए बैठकले बिकासको साटो बिनास गरेको भन्दै जिल्ला खेलकुद बिकास समिति र दुनै भ्याली क्लबले असन्तुष्टि जनाएका छन । 

खेलकुद मैदान भत्काएर घोडादौड प्रतियोगिता गर्ने निर्णय परिवर्तन गर्न भन्दै जिल्ला बिकास समितिको कार्यालय डोल्पामा घेराबार निमार्ण उपभोक्ता समिति र दुनै भ्याली क्लबले निबेदन दर्ता गराएको निमार्ण उपभोक्ता समितिका अध्यक्ष तेजेन्द्र बहादुर रोकायाले बताउनु भयो । 

जिल्लाको खेलको बिकासका लागि निर्माण प्रकृयामा रहेको एक मात्र खेल मैदानमा राजनितिक दलले निमार्ण भएको सँरचना पनि भत्काए पछि बिकास बिरोधि काम गरेका भन्दै दुनै भ्याली क्लबका युवाहरु उपभोक्ता समितिका पदाधिकारिहरुले अक्रोस पोखेका छन । 


सर्वदलिय बैठकमा बाहिरि जनशक्ति नापुगेको खण्डमा नेपाली सेना र नेपाल प्रहरिका जवानले निमार्ण गर्ने सहमति भएको र निमार्ण हुनेमा ढुक्क रहन निमित्त प्रमूख जिल्ला अधिकारि मान बहादुर बुढाले बताउनु भयो । सरकारी जग्गा भएकै कारण जिल्ला बिकास समितिको नै रहेको र हाल घोडादौडको लागि भत्काइएको घेराबार पनि जिल्ला बिकास समितिले नै निमार्ण गर्ने भएकोले अलपत्र नहुने पनि बुढाले बताउनु भयो ।

 सर्बदलिए बैठकले निर्णय गरेको र निमार्ण पनि गर्ने सर्तमा नर बहादुर बुढाको सँयोजकत्वमा घोडादौड प्रतियोगितको आयोजना गरिएको जिल्लाका राजनितिक दलको भनाइ छ । डोल्पामा हरेक बर्ष घोडादौड प्रतियोगिता गरेको र यस्लाइ निरन्तरता दिनको लागि खेलकुद मैदानको घेराबार भत्काएर पुन निमार्ण गर्ने गरि सहहमतिमा सर्वदलिय निर्णय गरेको नपाली काँग्रेस डोल्पाका प्रतिनिधि गौरिसँकर उपाध्यायले जानकारि दिनु भयो ।  

सबै घेरावार भत्काउने र फेरि जिल्ला बिकास समितिले २५ हजार रुपैयमा मर्मत गर्नको लागि आर्थिक सहयोग गर्ने सहमतिमा घेराबार सबै भत्काइएको हो जिल्ला खेलकुद बिकास समितिका पदाधिकारि र घराबार निमार्ण उपभोक्ता समितिका साथै दुनै भ्याली क्लबका पदाधिकारिहरुसँग बसेर सहमतिमा जान आफु तयार रहेको पनि उपाध्यायले बताउनु भयो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर