टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन ।"/>

2026-06-25 10:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

सञ्चार सेवा बिस्तार गर्न नागरिक समाजले बुझायो टेलीकमका निर्देशकलाई ज्ञापन पत्र

2017-03-17


टेक शाही/चैत ४' डोल्पा । डोल्पाका सबै गाँउपालिकामा नमस्तेको मोबाइल सेवा र थ्रीजि इन्टरनेट बिस्तार गरिदिन भन्दै नेपाल टेलिकमका निर्देशकलाइ ज्ञापन पत्र बुझाएका छन । 

नागरिक समाज डोल्पाले नेपाल टेलीकम क्षेत्रिय कार्यालय नेपालगञ्जका क्षेत्रिय निर्देशक इन्दल यादब सहितको ४ जनाको टोलीलाइ ज्ञापन पत्र बुझाएको नागरिक समाज डोल्पाका सँयोजक सुरेन्द्र ढकालले बताउनु भयो । 

हाल डोल्पका कालिका, रिमी, ल्हाँ, जुफाल, दुनै र शहरतारामा नमस्ते मोबाईलको बिटिएस राखिएको छ भने अब यो सेवालाइ बिस्तार गरेर माथिल्लो डोल्पका सबै गाउपालिका तथा साबिकका गाविसहरुमा नमस्ते मोबाइलको सेवा बिस्तारको लागि नागरिक समाज डोल्पाले क्षेत्रिय निर्देशक यादवलाइ ज्ञापन पत्र बुझाएको हो । 

नागरिक समाज डोल्पाले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएका मागहरुमा शे फोक्सुण्डो,डोल्पो बुद्ध र छार्का ताङस्योङ गाँउपालिकाहरुमा आवास्यक्तानुसार भिस्याट र थ्रीजि ब्यवस्था गरि नियमित सेवा प्रबाह गर्नु पर्ने, काइके गाँउ पालिकामा रहेका मोबाइल टावरलाइ थ्रीजि सेवा सहित सेवा प्रबाह गरिदिनु पर्ने, रसिको लेकमा रहेको रेडियो लिङ्कमा माइक्रोवयब जडान गरि फोरजी सेवा बिस्तार गरिनु पर्ने, ल्हाँमा रहेको मोबाइल टावरमा थ्रीजि सेवा बिस्तार गरि नियमित सेवा प्रबाह गर्नु पर्ने, जगदुल्ला गाँउपालिका रहेको टावरबाट थ्रीजि सेवा जडान गरि सेवाप्रबाह गर्नु पर्ने,मुड्केचुला गाँउपालिकामा रहेको टावरमा थ्रीजि सेवा जडान गरि नियमित सेवा प्रबाह गुर्नु पर्ने, साविकको पाहाडा र लिकु गाविसमा थ्रीजि मोबाइल टावरको स्थापना गरि सेवा प्रबाह गर्नु पर्ने भन्दै ७ बुद्धे माग सहित ज्ञापन पत्र बझाएको छ । 

सर्मि,काईगाँउ,लिकुको बन्तडि, दुनै, माझफाल, मुकोट, धो, साल्दागँ, भिजेर, फोक्सुण्डो, छार्का, तिन्जे, शहरतारा गरि १४ वटा स्थानमा नयाँ मोबाइल सेवा बिस्तार गर्न लागेकोले निकट समयमा नै यो सेवा बिस्तार हुनेमा ढुक्क हुन पनि उक्त टोलीले भनेको छ । 

भौगोलिक भू बनावटका आधारमा ढुवानी देखि अन्य बिभिन्न प्राबिधिक कुराको समस्या हुने बिद्युत लाइनको सेवा नँभएको कारण सोलारमा यस्ता सेवा बिस्तार गर्न कठिन हुने भएकोले पनि केहि ढिला सेवा बिस्तार हुन गएको टोलीका अर्का सहभागि सिभिल प्रमूख मालिका जोसिले बताउनु भयो ।

नागरिक समाज डोल्पाको ज्ञापन पत्र बुझदै क्षेत्रिय निर्देशक इन्दल यादबले नागरिक समाजको ज्ञापन पत्र अत्यन्त सुझायब मुलक रहेको र नेपाल टेलीकमले डोल्पालाइ पहिलो प्राथमिकतामा राखेर मोबाइल सेवाको बिस्तार गर्ने उद्धेश्यले १४ वटा स्थानमा मोबाइल सेवाको बिस्तार गर्न लागेकोले सन २०१८ सम्म १३ वटा स्थानमा सेवा बिस्तार गर्ने गरि लागि परेकोले स्थानिय स्तरबाट पनि सहयोग गर्नुपर्ने भन्दै प्रतिबद्धता जनाउनु भएको छ । 

डोल्पाका बिभिन्न ठाँउमा रहेका भिस्याट फोन तथा मोबाइल सेवाहरुलाइ हटाइ माइक्रोवयब लिकँ मार्फत नै मोबाइल फोन र ईन्टरनेटको सेवा बिस्तार गर्न लागेको निर्देशक यादबले जानकारि दिनु भया्े । अबको केहि हप्तमा जुफालमा ल्यानलाइनको बिस्तार गरिने भएकोले द्रुत गतिमा लागि रहेको पनि यादवले बताउनु भयो ।

 नेपाल टेलीकाम भन्दा ग्राहकहरु २ गुणा अगाढि नै हुने भएकोले नेपाल टेलीकमको सेवा बिस्तारको लागि बिभिन्न क्षेत्रसँग छलफल सहकार्य गर्दै सेवा बिस्तारमा लागेको हुदा छिट्टै डोल्पा जिल्ला पूरै सञ्चारयुक्त जिल्लाको रुपमा देख्न पाउनेमा ढुक्क हुन क्षेत्रिय निर्देशक इन्दल यादवले आसवासन दिनु भएको छ । 

दुरसञ्चारको डोल्पाको अबस्था अनुगमन तथा भ्रमणको लागि मध्यपश्चिम क्षेत्रिय निर्देशक इन्दल यादब,प्राबिधिक प्रमूख सञ्जय सिजापति,प्रशासन प्रमूख इन्द्र बहादुर बस्नेत र सिभिल प्रमूख मालिका जोसि सहितको चार सदस्सिय टोली डोल्पा आएको नेपाल टेलीकम दुरसँचार कार्यालय डोल्पाले जानकारि दिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ