प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिल"/>

२९ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

गहुँबारीमा भेटिएपछि युगल जोडी

६ चैत्र २०७३, आईतवार १५:३९

प्रभात सुवेदी । चैत ६, बर्दिया । 

चारैतिर गुहँको हरियाली फाँट, अनि भर्खर जवानी आएजस्तै गरी मुखमा लाली फुटाएर झुलेका गहुँका लहलह परेका पोटिला बालाहरु जसको छेल पारेर ती जोडीहरु कसैले देख्लान कि भनेर कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए । कताकता लाज मान्दै पनि थिए र आफूहरुलाई निकै सुरक्षित महशुस गर्दै गहुँबारीमै जीवनको सिर्जनामा जुटिरहका देखिन्थे ऊनीहरु । कहिले पर भाग्दै जान्थे भने कहिले गहुँबारीमै लडिबुडी खेलिरहन्थे ऊनीहरु । वरपरका मानिसहरु देखेर पनि नदेखेजस्तै गरेर हिडिरहेका थिए ।

जिल्ला सदरमुकामदेखि झण्डै ५ किलोमिटरको दूरीमा भादा नदीको पारीपट्टि रहेको लालपुर फाँटमा रहेको गहुँबारीमा देखिएको एक युगल जोडीको चर्तिकला हो यो । तर, यो चर्तिकला कुनै प्रमिल युवायुवतीको नभएर लोपोन्मुख बट्टाई चराहरुको हो । 

यो चराको मासु र अण्डाको सेवनले क्यान्सरको रोकथाम तथा टिभी, दम, सुगर, एलर्जी, पत्थरी तथा नियमित सेवनले तौल सन्तुलन हुने, स्मरण शक्ति बढ्ने, हड्डी बलियो बनाउने, प्रजनन् क्षमतामा वृद्धि गर्ने तथा सौन्दर्यतामा निखारपना ल्याउन निकै प्रभावकारी मानिएको छ ।

तस्वीर :  गहुँबारीमा दुईअोटा गहुँका बोटलाई जोडेर बनाएको गुँडमा बट्टाई चराको ५ अोटा अण्डाहरु ….

विशेष गरी जाडो मौसम सकिनासाथ जमिनका काल्लाँहरु तथा झाडीहरुमा तथा खेतका गराहरुका सुरक्षित स्थानहरु खोजी यिनीहरुले अण्डा पार्ने गर्दछन् । खेतमा गहुँ तयार हुँदा नहुँदा उनीहरुले अण्डा कोरलीसकेका हुन्छन् र आफ्ना बचेराहरुलाई उड्न सिकाइसकेका हुन्छन् । 

आजभोलि यस प्रकारका चराहरुको संख्यामा कमी आएको छ । वातावरण प्रदूषण र पर्यावरण प्रतिकूल भएका कारणले गर्दा यस प्रकारका चराहरुको संख्यामा कमी आइरहेको चराविद्हरुको भनाई छ । यति मात्रै हैन विभिन्न प्रकारका विषादीहरुको प्रयोग तथा अत्याधिक रुपमा रासायनिक मलको प्रयोगका कारण प्रकृतिका सुन्दरताका रुपमा रहेका यस प्रकारका पन्छिहरु लोप हुन थालेका छन् । तसर्थ यस प्रकारका पन्छिहरुको संरक्षण गर्नका लागि मानव समुदायमा चेतनाको स्तर अझै उकासिन जरुरी देखिन्छ । बट्टाई चरालाई व्यावसायिक रुपमा पालन गरेर आय आर्जन पनि गर्न सकिन्छ । यसको अण्डा कुखुराको अण्डाभन्दा सस्तो र बढी लाभदायक हुन्छ । 

पारिस्थितिक पद्धतिको सन्तुलन र वातावरणीय सन्तुलनका लागि पृथ्वीमा पाइने हरेक प्रकारका जीवहरुको संरक्षण तथा संवद्र्धन गर्न सकेमा हामी चेतनशील मानव जातिका पनि संरक्षण हुने कुरा निश्चित छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…