2026-09-19 12:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी वर्षदेखि उपचारसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गर्नेछौँ: स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ | स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आउँदो वर्षदेखि आँखाको उपचारसँग सम्बन्धित चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था गरिने बताएका छन् । शुक्रबार काठमाडौंमा नेपाल नेत्रज्योति संघको केन्द्रीय सभा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

चस्मा फेसन र आँखा उपचारसँग गरी दुई किसिमबाट जोडिने उनले उल्लेख गरे । उपचारसँग सम्बन्धित चस्माको भ्याट र भन्सार नलाग्ने व्यवस्था आउँदो वर्षदेखि गर्नेे उनले घोषणा गरे ।

“…आँखासँग जोडिएको उपचारको कक्षसँग जोडिएको चस्मामा भ्याट र भन्सार नलाग्ने व्यवस्था हामीले आगामी वर्ष गर्नेछौँ,” उनले भने ।

उनले उपचारात्मक सन्दर्भमा बाहिरबाट आउने सहयोग र किनेर ल्याउने सामग्रीको भन्सार छुट गर्ने व्यवस्था रहेको बताए । आँखाको उपचारसम्बन्धी उपकरण थप र भौतिक पूर्वाधार व्यवस्थित गर्ने विषयमा सबै मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए ।

“उपकरण उपलब्ध गराउने कुरा, पूर्वाधार व्यवस्थित गर्ने कुरा पनि महत्त्वपूर्ण विषय हो,” उनले भने, “उपकरण उपलब्ध गराउने सन्दर्भमा यहाँहरूले सञ्चालन गर्नुभएका स्वास्थ्य संस्थाहरूमा, उपचार संस्थाहरूमा उपकरण उपलब्ध गराउन हामी संयुक्त ढंगबाट काम गरौँ ।”

मन्त्री पौडेलले आँखा उपचारका निम्ति नीतिगत क्षेत्रको सुधार गर्न सरकार तयार रहेको बताए । उनले आँखा उपचारका निम्ति नीतिगत पक्षबाट प्रभावकारी बनाउन सरकार लागिपरेको सुनाए । न्युज एजेन्सी नेपाल

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई