2026-07-05 10:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आज २ बजेको फ्लाइटमार्फत पोखराबाट काठमाडौँ आउदै रवि , अब के हुन्छ प्रक्रिया ?

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछाने २ बजे काठमाडौँ आउने भएका छन् । पोखराबाट २ बजेको फ्लाइटमार्फत उनी काठमाडौँ आउन लागेका हुन् ।

लामिछाने आजै काठमाडौँ जिल्ला अदालतमा उपस्थित तयारीमा छन् । कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि बिहीबार रिहा भएका लामिछाने गएराति पोखरामा नै बसेका थिए। अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।

काठमाडौँ आएपछि अदालतमा उपस्थित भएर निवेदन दिनुपर्छ । निवेदन कानुन व्यवसायीमार्फत पनि दिन सकिन्छ । प्रतिवादीको निवेदन आएपछि मात्र इजलास तोकिने काठमाडौँ जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले बताए ।

गोला प्रणालीबाट इजलास तोकिएपछि रवि लामिछानेसँग बयान लिइन्छ । बयान सकिएपछि थुनछेक बहस सुरु हुन्छ । बयान र थुनछेक पूरा नहुँदासम्म उनलाई अदालतले पुनः हिरासतमा पठाउने कानुनी व्यवस्था छ । थुनछेक बहस पुरा भएपछि न्यायाधीशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने वा धरौटी लिएर छाड्ने भन्नेबारे आदेश गर्छन् ।

लामिछाने विरुद्ध चितवन, बुटवल र पर्सामा पनि सहकारीको रकम अपचलन गरेको कसुरमा अनुसन्धान भइरहेको छ । ती ३ वटा जिल्लाको मुद्दा अदालतमा दर्ता भएको छैन । चितवनमा सहारा बचत, पर्सामा सानो पाइला र बुटवलमा सुप्रिम सहकारीको रकम अपचलन गरेको कसुरमा लामिछनेसँग अनुसन्धान अधिकृतहरूले बयान लिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै