मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिबेणि सुस्ता गाँउपालिकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग

१२ चैत्र २०७३, शनिबार १३:०९


मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ । 

अहिले परासी क्षेत्रका साबिकका ६ गाविसलाई डाँडापारी नवलपुर प्रदेश नम्बर ४ मा गाभिएको प्रति उक्त गाविसका जनताहरुले पुनरसंरचनाको बिरोध गर्दै सर्वपक्षिय संघर्षनै सुरु भएको छ । परासी क्षेत्र अन्तर्गत पर्ने नवलपरासीको क्षेत्र नम्बर ६ का त्रिवेणि सुस्ता, रुपौलीया , पक्लीहंवा , कुडिया र नर्सहीं जिल्लको नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा राखिएको छ । 

पुनरंचना पुर्व जिल्लावाट सर्वदलिय बैठकवाट नवलपरासी जिल्ललाई टुक्र्याउनै नहुने र टुक्र्याउनेपनि उक्त ५ वटा गाविसहरुलाई परासी क्षेत्रमा राख्दै प्रदेश नम्बर ५ राख्नु पर्ने निर्णय गरि पुर्नसंरचना आयोगमा पठाएको थियो ।

 नियोजित तरिकाले ५ वटा गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखेर पुर्नसंरचना भएपछि जिल्लाका नेता तथा जनताहरु आक्रोषित भएका छन् भने आज तमलोपाका बरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री हृदेष तिपाठिको नेतृत्वमा उक्त निर्णयको बिरोध भएको छ  । नर्सहिं गाविसका स्थानीय युवा लख्खु यादवले आफुहरुलाई प्रदेश नम्बर ४ मा कुनै कारणपनि उपयुक्त नभएको भन्दै प्रदेश नम्बर ५ मा राख्न मांग गर्नुभयो । 


बिरोध कार्यक्रममा बोल्दै नेता त्रिपाठिले कुनैपनि कोणले यि गाविसहरुलाई प्रदेश नम्बर ४ मा राख्न उचित नभएको बताउदै ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहाका जनताले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेता त्रिपाठिले यँहको मुल सम्पत्ती त्रिवेणि नदि प्रदेश नम्बर ४ को आँखामा गडेको र केही नेताले पनि प्रदेशको मुख्यमन्त्री बन्ने अनुकुल यो षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

उक्त गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखिएपछि त्रिवेणि सुस्ता गाँउपालिकामा पर्ने ति साबिकका गाविसहरुमा आसन्न निर्वाचनको कुनै तयारी भएको छैन । ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहा चुनाव हुन नदिने त्यँहाका सर्वसाधरणले समेत बताउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य