मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको"/>

२०८२, १६ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

त्रिबेणि सुस्ता गाँउपालिकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने माग

२०७३, १२ चैत्र शनिबार १३:०९


मोहम्मद ईजहार शेष/चैत १२, परासी । मास्थानीय तह पुनरसंरचनामा नवलपरासी जिल्लालाई नवलपुर र परासी क्षेत्रलाई दुई प्रदेशमा टुक्र्याईएको प्रति यँहाका जनताले गरेको चर्काे बिरोधको केही दिन नबित्दै नवलपरासीमा अर्काे आन्दोलन सुरु भएको छ । 

अहिले परासी क्षेत्रका साबिकका ६ गाविसलाई डाँडापारी नवलपुर प्रदेश नम्बर ४ मा गाभिएको प्रति उक्त गाविसका जनताहरुले पुनरसंरचनाको बिरोध गर्दै सर्वपक्षिय संघर्षनै सुरु भएको छ । परासी क्षेत्र अन्तर्गत पर्ने नवलपरासीको क्षेत्र नम्बर ६ का त्रिवेणि सुस्ता, रुपौलीया , पक्लीहंवा , कुडिया र नर्सहीं जिल्लको नवलपुर क्षेत्र प्रदेश नम्बर ४ मा राखिएको छ । 

पुनरंचना पुर्व जिल्लावाट सर्वदलिय बैठकवाट नवलपरासी जिल्ललाई टुक्र्याउनै नहुने र टुक्र्याउनेपनि उक्त ५ वटा गाविसहरुलाई परासी क्षेत्रमा राख्दै प्रदेश नम्बर ५ राख्नु पर्ने निर्णय गरि पुर्नसंरचना आयोगमा पठाएको थियो ।

 नियोजित तरिकाले ५ वटा गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखेर पुर्नसंरचना भएपछि जिल्लाका नेता तथा जनताहरु आक्रोषित भएका छन् भने आज तमलोपाका बरिष्ठ उपाध्यक्ष तथा पुर्व मन्त्री हृदेष तिपाठिको नेतृत्वमा उक्त निर्णयको बिरोध भएको छ  । नर्सहिं गाविसका स्थानीय युवा लख्खु यादवले आफुहरुलाई प्रदेश नम्बर ४ मा कुनै कारणपनि उपयुक्त नभएको भन्दै प्रदेश नम्बर ५ मा राख्न मांग गर्नुभयो । 


बिरोध कार्यक्रममा बोल्दै नेता त्रिपाठिले कुनैपनि कोणले यि गाविसहरुलाई प्रदेश नम्बर ४ मा राख्न उचित नभएको बताउदै ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहाका जनताले कडा आन्दोलन गर्ने चेतावनी दिनुभयो । नेता त्रिपाठिले यँहको मुल सम्पत्ती त्रिवेणि नदि प्रदेश नम्बर ४ को आँखामा गडेको र केही नेताले पनि प्रदेशको मुख्यमन्त्री बन्ने अनुकुल यो षड्यन्त्र गरेको आरोप लगाउनु भयो ।

उक्त गाविसहरुलाई प्रदेश नम्बर ४ मा राखिएपछि त्रिवेणि सुस्ता गाँउपालिकामा पर्ने ति साबिकका गाविसहरुमा आसन्न निर्वाचनको कुनै तयारी भएको छैन । ति गाविसहरुलाई प्रदेश नम्बर ५ मा नराखे यँहा चुनाव हुन नदिने त्यँहाका सर्वसाधरणले समेत बताउदै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी सेयर बजारमा आज पनि उच्च अंकको गिरावट म आफु घुस खान आएको होइन र कसैलाई खान पनि दिन्नँ: अर्थमन्त्री वाग्ले ओलीको रिहाइ माग गर्दै आज पनि सरकारविरुद्ध एमालेको प्रदर्शन सांसदहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह मङ्गलबार चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना पक्राउ परेका पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना रवि लामिछानेको राहदानी मुद्दामा सुनुवाइ हुँदै देउवा पक्षले बोलायो केन्द्रीय समिति बैठक मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमा आज सुनुवाइ हुँदै सुनचाँदी को मूल्य घट्यो आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति