चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र "/>

2026-08-29 10:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाटमा त्रिकोणात्मक पुल निर्माण गरिने


चैत ३१, चितवन । नवलपरासी, तनहुँ र चितवनको सङ्गमस्थल देवघाट धाममा त्रिकोणात्मक पुल निर्माण गरी तीनै जिल्लालाई जोडिने भएको छ । 

देवघाट क्षेत्र विकास समितिको गएको पुस ३० गते त्यस क्षेत्रका सांसद रामचन्द्र पौडेलको उपस्थितिमा बसेको बैठकले बेनीमा पुल निर्माण गरी तीन जिल्लालाई जोड्ने निर्णय गरेको थियो । 

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टङ्कनाथ पौडेलका अनुसार सो पश्चात् प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न मन्त्रालय र निकायमा पुल निर्माणका लागि अनुरोध गरिएको थियो । पुल निर्माणका लागि सस्पेन्सन ब्रिज डिभिजन पुलचोकको टोलीले प्रारम्भिक अनुगमन गरी काम अघि बढाएको छ । 

बेनीमा मुख्य पुलको पिल्लर रहनेछ भने त्यसबाट नवलपरासीतर्फ गैँडाकोटको केलाँदी, तनहुँको देवघाट र चितवनको भरतपुर महानगरपालिका जोडिने छ । प्रारम्भिक अध्ययनअनुसार बीचको पिल्लरबाट नवलपरासीतर्फ दुई सय २०, तनहँुतर्फ दुई सय २० र चितवनतर्फ तीन सय मिटर हाराहारी लामो पुल बन्ने अध्यक्ष पौडेलले बताउनुभयो । 

पुल निर्माण गर्न करिब रु ४५ करोड खर्च हुने अनुमान गरिएको छ । बेनी सङ्गममा निर्माण गरिने पिल्लर अग्लो बनाई भ्यू टावरसमेत बनाइने छ । सो झोलुङ्गे पुलबाट सवारीसाधन चलाउन दिइने छैन । देवघाटको धार्मिक महिमालाई अरू बढाउन सहयोग पुग्ने गरी सो पुल निर्माण गर्न लागिएको हो । 

कति लम्बाइको बनाउने भन्ने बारेमा अध्ययन भइरहेको छ । सम्भाव्यता अध्ययन रिपोर्टका आधारमा डिपिआर सर्भे रिपोर्टका लागि कन्सल्ट्यान्टको सहयोग लिइनेछ । यसअघि नै नवलपरासीतर्फ केलाँदीबाट मौलाकालिका जानका लागि एक हजार दुई सय मिटर स्टेप निर्माण गरिसकिएको छ । पुल निर्माणसँगै देवघाटधाम र मौलाकालिका मन्दिर जोड्न सहज हुने र यसले धार्मिक चक्रपथ निर्माण गर्न सहयोग पुग्ने अध्यक्ष पौडेलले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने