कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश ब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश ब"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

अर्नाकोट आधारभुत विद्यालयको ४२ औँ बार्षिकोत्सव सम्पन्न (फोटोफिचर)

२०७४, १२ बैशाख मंगलवार ०६:०८


कृष्ण कँडेल/बैशाख १२, बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नम्बर–२ खल्बाङमा रहेको अर्नाकोट आधारभुत विद्यालयले ४२ औँ बार्षिकोत्सव तथा १४ औँ अभिभावक दिबश बिभिन्न कार्यक्रम गरि मनाएको छ । 

विद्यालयमा सोमबार बिशेष समारोहको आयोजना गरि चन्दादाता तथा उत्कृष्ट अभिभाकलाई सम्मान गरेर विद्यालयले बार्षिकोत्सब मनाएको छ । कार्यक्रममा बोल्दै रेडियो बुर्तिबाङ ९५.६ मेगाहर्ज तथा ईमेज बचत तथा ऋण सहकारीका अध्यक्ष एबं युवा व्यवासायी देबकुमार नेपालीले विद्यालय व्यवस्थापन समिति, शिक्षक र अभिभाबकको सामुहिक प्रयासले विद्यालयमा भौतिक तथा शैक्षिक सुधार सम्भब भएको बताउनुभयो । 


उहाँले विद्यालयको घेराबार निर्माणको लागि ३ लाख नगद सहयोग गर्ने र एक बर्षका लागि १ जना शिक्षकको तलब बराबरको थप रकम पनि उपलब्ध गराउने घोषणा गर्नुभयो । उहाँले सांस्कृतिक प्रश्तुति दिने आमा समुह, बाजा समुह, मारुनी नाच प्रश्तुत गर्ने समुहलगायत लाई ३, ३ हजार नगद प्रदान गर्नुभएको थियो । कार्यक्रममा रेडियो बुर्तिबाङका संरक्षक छेला नेपालीको बिशिष्ट आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अर्का चन्दादाता ददिराम शर्माले प्रत्यक बर्ष विद्यालय प्रथमलाई पुरस्कृत गर्ने गरि आफ्नो बुवाको स्मृतिमा विद्यालयलाई २५ हजारको अक्षयकोष स्थापना गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा जनजातृति आधारभुत विद्यालयका प्रधानाध्यापक शिबलाल सुवेदी, अर्नाकोट आधारभुत विद्यालयका प्रधाानाध्यापक झमबहादुर कुँवर, विद्यार्थी जमुना पाण्डे लगायतले मन्तव्य राख्नुभएको थियो । 


सो अबसरमा आत्मनिर्भर आमा समुह अर्नाकोट, डिसिआरडिसी जनचेतना आमा समुह खल्बाङ, अर्नाकोट देउराली आमा समुह र कक्षा ८ पास भएर विदाई भएका विद्यार्थीको समुहले शिक्षासँग सम्बन्धित गित र नृत्य प्रश्तुत गरेका थिए । 

अर्नाकोट देरालीका कालकारको समुहले मारुनी गित र नृत्य प्रश्तुत गरेका थिए । सो अबरमा नौमती बाजागाजा सहित नचगान समेत गरिएको थियो । 

प्रधानाध्यापक धनबहादुर महतले विद्यालयको बार्षिक प्रगति प्रतिबेदन तथा भाबि योजना प्रश्तुत गर्नुभएको थियो । विद्यालयले मावि तह सञ्चालनको तयारी गर्ने, विद्यालयको भौतिक तथा शैक्षिक सुधारको लागि २५ लाखको अक्षयकोष स्थापना गर्ने लक्ष राखेको छ । 

कार्यक्रममा झण्डै ३ सय चन्दादातालाई सम्मान गरिएको थियो । चन्दादाताबाट विद्यालयको सुधारको लागि आजैमात्र ३ लाख सहयोग गर्ने प्रतिबद्धता आएको विद्यालयले जनाएको छ । बार्षिकोत्सवको अबसरमा आयोजना गरिएका प्रतियोगितात्मक कार्यक्रममा बिजेतालाई पुरस्कृत गरिएको थियो । 

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमलाल पाण्डेको अध्यक्षता, प्रधानाध्यापक धनबहादुर महत र शिक्षक हरिप्रसाद पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी