कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ ।"/>

२०८२, १७ चैत्र मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा निर्वाचन सुरक्षालाई ध्यानमा राखेर प्रहरीको मदिरा नियन्त्रण अभियान

२०७४, १३ बैशाख बुधबार १५:२८


कृष्ण कँडेल/बैसाख १३, बागलुङ । निर्वाचन केन्द्रित सुरक्षालाई मध्यनजर गर्दै ईलाका प्रहरी कार्यालय बुर्तिबाङले अबैध घरेलु मदिर नियन्त्रण अभियान सुरु गरेको छ । 

प्रहरीले हिजो देखि सुरु गरेको अभियान अन्तरगत ढोरपाटन नगरपालिकाको वडा नम्बर–१ बुर्तिबाङ बजार र आसपासको क्षेत्रबाट बरामद गरेको घरेलु मदिरा आज नष्ट गरेको छ । 

निर्वाचनको समयमा जथाभावि मदिरा सेवान गरेर होहल्ला हुनसक्ने र त्यसले निर्वाचन सुरक्षलाई समेत प्रभावित पर्ने भन्दै त्यसको न्युनिकरणको लागि अभियान थालिएको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक कृष्ण रानाले जानकारी दिनुभयो । 


लाईसेन्स प्राप्त मदिरा सेवानलाई पनि व्यवस्थित गर्न प्रहरीले आग्रह गरेको छ । प्रहरीले हिजो र आज दुईदिन बुर्तिबाङ बजार तथा आसपासबाट बरामद भएको १ सय ७० लिटर तयारी मदिरा, ९ सय ५५ लिटर मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ र ५५ केजी मर्चा आज राजनितिक दल, पत्रकार लगायत सरोकारवालाको उपस्थितीमा नष्ट गरेको हो । 

प्रहरीले नियमित प्रहरी कार्मचारी सहित निर्वाचन सुरक्षामा खटिएका म्यादी प्रहरीलाई पनि मदिरा नियन्त्रण अभियानमा परिचालन गरेको छ । 


ईलाका प्रहरी कार्यालय मातमतका सबै प्रहरी ईकाईले पनि मदिरा उत्पादन र सेवानलाई व्यवस्थीत गर्ने अभियान सुरु गरेको ईप्रका बुर्तिबाङले जनाएको छ । अभियान थप कडाईका साथ निरन्तर सञ्चालन हुने प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल उच्च अदालत पाटनका दुई न्यायाधीशविरुद्ध अदातलको अवहेलना मुद्दा दर्ता प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता- सरकारले मधेसलाई प्राथमिकता दिने एमालेको सचिवालय बैठक जारी संसद् सचिवालयद्वारा सर्वदलीय बैठक आह्वान सुनचाँदीको मूल्य बढ्यो मुग्लिन-नागढुंगा सडक आगामी तीन दिन रातिको समयमा बन्द गरिने चैत १९ गते संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने सरकारको निर्णय महेश बस्नेतविरूद्ध अदालतले दिएन पक्राउ पुर्जी ओलीलाई छाड्न अस्वीकार, सर्वोच्चले दियो कारण देखाउ आदेश सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु हर्क साम्पाङले दिए साइबर ब्यूरोमा उजुरी ओलीलाई भेट्न शिक्षण अस्पताल पुगिन् पूर्वराष्ट्रपति भण्डारी