। पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्"/>
२२ मंसिर २०८२, आईतवार
पर्बत - PBT

पर्वतका दुई नगरपालिकामा यी हुन मेयरका उम्मेदवार

१९ बैशाख २०७४, मंगलवार ०५:१३

 । पहिलो चरणमा घोषित बैशाख ३१ को चुनावका लागी आज अर्थात १९ गते दिउँसो १० बजेबाट बेलुकी ५ बजेसम्म उम्मेदवारहरुको मनोनयन दर्ता हुँदैछ । ३४ जिल्लाका २८३ स्थानमा हुन लागेको चुनावमा ३,४ र ६ नं. प्रदेशभित्र उल्लेखित जिल्लाहरु पर्छन । देशका प्रमुख ४ वटा महानरपालिका सहित २८३ स्थानमा हुन लागेको मनोनयन दर्ताका लागी सोमबार अबेरसम्म पनि कतिपय स्थानमा ठुला दलहरुले उम्मेदवारहरुको टुगों लगाउन नसकेपनि मंगलबार विहानसम्म टुंग्याउने बताएका छन् ।

दर्ता भएका उम्मेदवारहरुको बारेमा बैशाख २० मा उजुरी गर्न पाइनेछ भने सोही दिन निर्बाचन आयोगले योग्य रहे नरहेको जाँच समेत गर्नेछ । बैशाख २१ गते उम्मेदवारहरुले नाम फिर्ता लिने र २२ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम रहेको छ ।

प्रधानन्यायधिशमाथि सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले लगाएको महाअभियोग पश्चात चुनावका बारेमा बढेको अन्योलतालाई आजको मनोनयनले हटाउने छ भने प्रधानमन्त्री पूष्पकमल दाहाल प्रचण्डले चुनाव कुनै पनि हालतमा सम्पन्न गर्ने बताएका छन् ।

स्थानीय तहको चुनावमा पर्वतका दुइ नगरपालिकाबाट नेपाली, काँग्रेस, नेकपा  एमाले र नेकपा माओवादी विच कडा प्रतिपर्दा हुने भएको छ । कुश्मा नगरपालिका र फलेवास नगरपालिकामा शीर्ष दलको कडा प्रतिशपर्दा हुने देखिएको हो । 

 कुश्मा नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट रामचन्द्र जोशी, नेकपा एमालेबाट मेघनाथ सुवेदी र माओवादी केन्द्रबाट शंकर गिरीले आज निर्वाचन कार्यालयको कार्यतालिका अनुसार उम्मेदवारी दर्ता गर्दै छन् । जोशी, सेवेदी भन्दा गिरी युवा र जुझारु नेता हुन् । काँग्रेसबाट उठेका रामचन्द्र जोशी सामाजिक क्षेत्रमा क्रियाशिल नेता हुन् भने मघेनाथ सुवेदी जेष्ठ कम्युनिष्ट नेता हुन् ।

 शंकर गिरी युवावर्ग र समय परिवेश अनुसार चल्न सक्ने युवा पुस्ता हुन् । सामाजिक क्षेत्रमा समेत क्रियाशिल रहेका उनी अन्य उम्मेदवार भन्दा कम छैनन् । छोटो समयमा राजनीतिक करियर बनाएका गिरी राजनीतिक शास्त्रका विद्यार्थी समेत हुन् ।


 यस्तै फलेवास नगरपालिकामा नोपाली काँग्रेसको तर्फबाट गंगाधर तिवारी, नेकपा एमालेको तर्फबाट पदमपाणी शर्मा र माओवादी केन्द्रबाट मोती रेग्मीले उम्मेदवारी दर्ता गर्ने भएका छन् । झण्डै २० वर्षपछि हुन लागेको स्थानीय निकायको निर्वाचनमा पार्टीका तर्फबाट चयन भैसकेका उम्मेदवारहरु चुनावी मैदानमा निकै प्रतिष्पर्धी देखिएका छन् । यसअघि पर्वतका दुई निर्वाचन क्षेत्र मध्ये दोस्रो संविधान सभाको निर्वाचनमा निर्वाचन क्षेत्र नं १ बाट नेपाली काँग्रेस र निर्वाचन क्षेत्र नं २ बाट नेकपा एमालेले विजय हासिल गरेको थियो । 

संविधान सभाको निर्वाचन भन्दा स्थानीय निकायको निर्वाचन कडा प्रतिष्पर्धामा हुने पक्कापक्कि भैसकेको छ । राजनीतिक दलहरुलाई उम्मेदवार चयन गर्न सकस भैरहेका बेला चयन भएका उम्मेदवारहरुले आफ्नो आफ्नो पोल्टामा विजय सुनिश्चित भएको दाबी गर्दै आएका छन् । लामो समयदेखी राजनीतिक क्षेत्रमा सर्म्पित हुँदै आएका उम्मेदवारहरु मतदाता समक्ष मत माग्दै पुगिसकेका छन् । पर्वतमा साना दलहरुको मत निर्णायक बनेको छ । साना दलहरु जोसँग चुनावी एकता गर्दछन् उसैको पोल्टामा विजय सुनिश्चित भएको साना दलका शिर्ष नेताहरुको भनाई छ ।

साना दल मध्ये पर्वतका तीन दल नेकपा माले, (नेकपा (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चाले चुनावी एकता गरिसकेका छन् । एकताको दल नेकपा (क्रान्तिकारी माओवादी) ले भने देशभक्त जनगणतान्त्रिक मोर्चाको तर्फबाट स्वतन्त्र उम्मेदवार दिनुपर्ने भएको जनाइएको छ । साना दलहरुले जुन दलसँग एकता गर्दछन् सोही दलको उम्मेदवारले विजय हासिल गर्नसक्ने विश्लेषकहरुले आँकलन गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य