टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको "/>

2026-10-29 05:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

माथिल्लो डोल्पाका तीन गाउँपालिकाका धेरै वडामा निर्विरोध निर्वाचित हुँदै


टेक शाही/बैशाख २१, डोल्पा । माथिल्लो डोल्पामा पर्ने तीन वटै गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष लगायत धेरै पदहरुमा निर्विरोध निर्वाचित भएको छ । 

माथिल्लो डोल्पामा पर्ने शे–फोक्सुण्डो गाउंपालिका, छार्काताङसोङ गाउंपालिका र डोल्पोबुद्ध गाउंपालिकाका १ अध्यक्ष, १ उपाध्यक्ष, २२ वडा अध्यक्ष र ५७ वडा सदस्यहरु निर्विरोध निर्वाचित भएको जानकारी प्राप्त भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाका अनुसार प्रहरी सञ्चारबाट प्राप्त जानकारी बमोजिम शे–फोक्सुण्डो गाउंपालिकामा अध्यक्ष र ९ वटै वडामा वडा अध्यक्ष लगायत सदस्यहरुमा नेकपा एमालेका मात्र उम्मेदवार परेका छन् । यस गाविसका २ वडामा मात्र दलित भएकाले २ जना दलित महिला सदस्य एमालेबाट निर्विरोध भएका छन् । दलित नभएकाले बांकी ७ वटा वडामा दलित सदस्य खाली रहेका छन् । यो गाविसको उपाध्यक्षमा भने १ एमाले र २ स्वतन्त्र गरी ३ जनाको उम्मेदवारी परेको छ । 

माथिल्लो डोल्पाकै डोल्पोबुद्ध गाउंपालिकाको अध्यक्ष र १ नं. वडा बाहेक उपाध्यक्ष लगायत ५ वटा वडाका सबै पदमा नेकपा एमालेका उम्मेदवारहरु मात्र रहेका छन् । अध्यक्षमा एमाले र एमाले निकट स्वतन्त्र गरी २ जनाको उम्मेदवारी परेको छ । एउटा वडाको वडा अध्यक्षमा पनि एमाले र एमाले निकट स्वतन्त्र गरी २ जनाकै उम्मेदवारी परेको छ । 

छार्काताङसोङ गाउंपालिकाको अध्यक्ष, उपाध्यक्ष र एउटा वडामा बाहेक ५ वटा वडाका वडा अध्यक्ष लगायत सबै पदमा एमालेका मात्र उम्मेदवारी परेका छन् । चुनावी प्रतिस्पर्धामा रहेका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षमा पनि एमाले र एमाले निकट स्वतन्त्रहरुको मात्र उम्मेदवारी परेको सूचना प्रहरी सञ्चारबाट प्राप्त भएको प्रमुख जिल्ला अधिकारी केशवराज आचार्यले बताए । 

मुख्य निर्वाचन कार्यालय डोल्पाले दिएको जानकारी अनुसार डोल्पोबुद्ध र छार्काताङसोङ गाउंपालिकामा एकजना पनि दलित नभएको कारण ती २ गाउंपालिकाको ६, ६ गरी १२ वटै वडामा दलित महिला सदस्य खाली भएको बताएको छ । 

मध्य डोल्पाको काइके गाउंपालिकाको ५ नं वडा र १ नं. वडाका वडा अध्यक्षमा दुबै जना एमालेकै उम्मेदवार निर्विरोध भएको काइके गाउंपालिकाका रामेश्वर ढुङ्गानाले फोनमा बताए । उनले धेरै वडा सदस्यहरु पनि निर्विरोध भएका छन् । 

डोल्पा सदरमुकाम दुनैको ठुलीभेरी नगरपालिका वडा नं. १० को वडा अध्यक्ष, १ खुला सदस्य र दलित महिला सदस्यमा एमाले निकट स्वतन्त्र उम्मेदवारको मात्र र १ खुला सदस्यमा एमालेका उम्मेदवारको मात्र मनोनयन पत्र दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

डोल्पा जिल्लामा २ नगरपालिका र ६ गाउंपालिका गरी ८ स्थानीय तहमा ६५ वटा वडा रहेका छन् । ६५ वडा मध्ये २० वडामा निर्विरोध भैसकेको बताइन्छ । एक, एक जनाको मात्र उम्मेदवारी परेको छ । शे–फोक्सुण्डो गाउंपालिका अध्यक्षमा १ जना एमाले र डोल्पोबुद्ध गाउंपालिका उपाध्यक्षमा एक  जना एमाले निकट स्वतन्त्रको मात्र उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय डोल्पाले जनाएको छ । 

डोल्पामा २ मेयर, २ उपमेयर, ६ अध्यक्ष, ६ उपाध्यक्ष, ६५ वडा अध्यक्ष, ६५ महिला सदस्य, ६५ दलित महिला सदस्य र १ सय ३० खुला सदस्य गरी जम्मा ३ सय ४१ जना जनप्रतिनिधिहरुको निर्वाचनका लागि मंगलवार मनोनयन पत्र दर्ता भएको थियो । 

जस मध्ये १ जना अध्यक्ष, १ जना उपाध्यक्ष, २२ जना वडा अध्यक्ष, २० महिला सदस्य, ३ जना दलित महिला सदस्य, ४२ जना दुला वडा सदस्य गरी जम्मा ८९ जनाको एक एक जनाको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएका छन् । 

बांकी २ सय ५२ पदमा चुनवी प्रतिस्पर्धा हुने भएको छ । यी पदका लागि मुख्य गरी नेपाली कांग्रेस, नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र) बिच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । 

   

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल एनपीएल: काठमाडौँ गोर्खाजमाथि जनकपुरको शानदार जित चक्रवात ‘अर्नब’को प्रभाव: मुख्य राजमार्गमा पहिरोको जोखिम, यात्रा गर्दा सतर्क रहन आग्रह कांग्रेसको नयाँ कार्यसमितिका पदाधिकारी र सदस्यले लिए शपथ सरकारी अनुदान मिलाइदिने भन्दै पाँच करोड ८० लाख ठगी गर्ने दुई पक्राउ बाल्टिनको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु एनपीएल: जनकपुरको घातक बलिङ, काठमाडौँ ११५ रनमै अलआउट जलवायु न्यायका लागि मन्त्री चौधरीको माग: ऋण होइन, अनुदान चाहिन्छ चक्रवात ‘अर्नब’ कमजोर, नेपालमा तीव्र हावाहुरीको जोखिम नरहेको मौसमविद्को भनाइ एनपीएल: टस जितेर काठमाडौँ गोर्खाजले पहिले ब्याटिङ गर्ने काठमाडौँको मौसममा बदलाव, चक्रवात ‘अर्नब’को प्रभाव देखियो चक्रवात ‘अर्नब’को प्रभाव: भारतमा ५ जनाको मृत्यु, नेपालमा पनि सतर्कता अपिल नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने आजको मौसम: ५ प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना सुन बढ्यो, चाँदी घट्यो: सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने एनपीएल : पोखराले ६८ रनमा तीन विकेट गुमायाे, कुशल भुर्तेल आउट पर्यटन भिसामा नेपाल आएर स्वास्थ्य शिविर सञ्चालन गर्ने दश जना विदेशी नागरिक पक्राउ