१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

विप्लवको मावली तथा माइतीगाउँमा बम विष्पोट

३१ बैशाख २०७४, आईतवार १३:३६

बैशाख ३१, रुकुम । चुनाव खारेजीको कुरा गरिरहेका विप्लवका कार्यकर्ताले रुकुममा उम्मेद्वारको घरमा बम विष्पोट गराएको जनाएका छन । 

मुसिकोट नगरपालिका १ का अध्यक्ष पदका उम्मेद्वार जंग बहादुर गिरीको घरमा विहान र त्रिवेणी १ रुघाको मतदान केन्द्रमा बम विष्पोट गराइएको माओवादीले जनाएको छ । 

आफ्ना जिल्लाका सेक्रेटरी लगाएत १९ कार्यकर्तालाई पक्रेको भन्दै विप्लव नेतृत्वको नेकपाले रुकुममा विभिन्न विरोध गर्दै आएको छ । 

पार्टीका महासचिव विप्लवको माइति तथा मावली रहेको रुघामा मतदातालाई यो चुनावले देशलाई पराधिन बनाउने र सिंहदरबारको दलाल गाउमा आउने भएकाले सहभागि नहुनुस भनेपछि उनिहरु फर्किएको अखिल क्रान्तिकारीका राप्ती व्यूरो इन्चार्ज नेरेन्द्र विकले जनाएका छन । उनिहरुले निर्वाचन विथोल्नलाई रुघामा नै बम विष्पोट पनि गराएका थिए । बम विष्पोट भएपछि सयौ मतदाता मतदान दिन नगएको नेपाल कम्युनिष्ट पार्टी रुकुमले जनाएको छ । 

रुघामा नेकपा माओवादी केन्द्रले मतदातालाई रकम बाडेको र जागिर लगाइदिन्छौ भन्दै जनतालाई भ्रममा पारेकाले आफुहरुले रुकुमको रुघालाई चुनाव खारेजको केन्द्र बनाएको उनिहरुले जनाएका छन । 

राष्ट्रिय कार्यक्रम अनुसार आफ्नो पार्टीले मतदातालाइ मतदान गर्न नजान भन्दै बम विष्पोट गराएको कम्युनिष्ट पार्टीले जनाएको छ । त्यस्तै उनिहरुले निर्वाचन कार्यालयका २ गाडिमा तोडफेड गरिएको जनाएका छन । जिल्ला प्रहरी कार्यालय रुकुमले भने घटनाका विषयमा बुझ्ने प्रयास भैरहेको र आधिकारीक जानकारी नआएको जनाएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागत आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु