Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विप्लवको मावली तथा माइतीगाउँमा बम विष्पोट

By kit 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ३१, रुकुम । चुनाव खारेजीको कुरा गरिरहेका विप्लवका कार्यकर्ताले रुकुममा उम्मेद्वारको घरमा बम विष्पोट गराएको जनाएका छन ।

मुसिकोट नगरपालिका १ का अध्यक्ष पदका उम्मेद्वार जंग बहादुर गिरीको घरमा विहान र त्रिवेणी १ रुघाको मतदान केन्द्रमा बम विष्पोट गराइएको माओवादीले जनाएको छ ।

आफ्ना जिल्लाका सेक्रेटरी लगाएत १९ कार्यकर्तालाई पक्रेको भन्दै विप्लव नेतृत्वको नेकपाले रुकुममा विभिन्न विरोध गर्दै आएको छ ।

पार्टीका महासचिव विप्लवको माइति तथा मावली रहेको रुघामा मतदातालाई यो चुनावले देशलाई पराधिन बनाउने र सिंहदरबारको दलाल गाउमा आउने भएकाले सहभागि नहुनुस भनेपछि उनिहरु फर्किएको अखिल क्रान्तिकारीका राप्ती व्यूरो इन्चार्ज नेरेन्द्र विकले जनाएका छन । उनिहरुले निर्वाचन विथोल्नलाई रुघामा नै बम विष्पोट पनि गराएका थिए । बम विष्पोट भएपछि सयौ मतदाता मतदान दिन नगएको नेपाल कम्युनिष्ट पार्टी रुकुमले जनाएको छ ।

रुघामा नेकपा माओवादी केन्द्रले मतदातालाई रकम बाडेको र जागिर लगाइदिन्छौ भन्दै जनतालाई भ्रममा पारेकाले आफुहरुले रुकुमको रुघालाई चुनाव खारेजको केन्द्र बनाएको उनिहरुले जनाएका छन ।

राष्ट्रिय कार्यक्रम अनुसार आफ्नो पार्टीले मतदातालाइ मतदान गर्न नजान भन्दै बम विष्पोट गराएको कम्युनिष्ट पार्टीले जनाएको छ । त्यस्तै उनिहरुले निर्वाचन कार्यालयका २ गाडिमा तोडफेड गरिएको जनाएका छन । जिल्ला प्रहरी कार्यालय रुकुमले भने घटनाका विषयमा बुझ्ने प्रयास भैरहेको र आधिकारीक जानकारी नआएको जनाएको छ ।