प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

२०८२, १८ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

प्रगतिलाई ईन्जिनियर बनाउने सपना

२०७४, २९ जेष्ठ सोमबार १३:०६

प्रभात सुवेदी । जेठ २९, बर्दिया । 

हेलो ! तपाईं कहाँ हुनुहुन्छ ? यता आउनुस् न म अफिसबाट भर्खर आएको छु । यहाँ कोही सरहरु आउनुभएको छ, नानीलाई पनि लिएर आउनुस् । 

यो कुनै दम्पत्तीबीचको फोन वार्ता हो । बेबारिसे रुपमा भेटिएकी बालिकाको सेवामा अहोरात्र जुटेकी आफ्नी श्रीमतीलाई जिल्ला अस्पताल परिसरबाट फोन गरेर बोलाउँदै थिए उनका श्रीमान् । त्यतिबेला उनकी श्रीमती भने बालिकालाई गर्मी भएर यसो बाहिरतिर डुलाउन अस्पताल परिसरमा नै निस्किएकी थिईन् ।  

नौ दिन अघि जिल्लाको बारबर्दिया नगरपालिका वडा नं. ३ स्थित बबई नदिमा २०७१ सालको बाढीले बगाएर जिर्ण अवस्थामा रहेको कुसुम्बाघाटको पुलमुनी बेबारिसे रुपमा भेटिएकी बालिकालाई जिल्ला अस्पताल बर्दियामा उपचारका लागि ल्याइएको थाहा पाएदेखि नै उनको दैनिकी बदलिएको छ । 

बिहानैदेखि प्रगति (बालिकाको अस्पतालले राखिदिएको नाम)को स्यहार सुसार र सरसफाईमा विताउँछिन् उनी । खुशीको सिमा नै छैन उनको मुहार उज्यालो छ । कतै कतै शङ्का मिसिएको खुशी छचल्किरहेको स्पष्ट देखिन्थ्यो । प्रगतिलाई काखमा लिन पाएदेखि नै आफ्नो कोख भरिलो भएको अनुभुति गरिरहेकी छिन् उनी । दिनरात नभनीकन निरन्तर रुपमा निस्वार्थ सेवासुसारमा लागिरहेको आज लगातार आठ दिन भएको छ । अस्पतालमा नै छैठी गरिएपछि बालिकालाई लिनका लगि निकै उत्साहित देखिएकी छिन् भगवानपुर गाविस वडा नं. ७, कपिलवस्तुकी गितादेवी पाण्डे र वीरेन्द्र पाण्डे । 

विभिन्न सञ्चारमाध्यमहरुमा बालिकालाई लिन चाहने निःसन्तान दम्पतीहरुको खोजी सम्बन्धि समाचारहरु सम्प्रेषण भएपछि विभिन्न स्थानबाट धेरैको संख्यामा पाल्न चाहनेहरु अस्पताल, जिल्ला बाल कल्याण समिति, महिला तथा बालबालिका कार्यालयको सम्पर्कमा आएका छन् । यो समाचार तयार गर्ने शिलशिलामा अस्पताल पुग्दासम्म पनि बालिकालाई लिन चाहनेहरुको आगमन भैरहेको देखिन्थ्यो । तर यो कुरा थाहा पाउनेवित्तिकै पाण्डे दम्पतीले अस्पताल पुगेर बालिकाको अहोरात्र सेवामा जुटेका छन् । आफ्नी श्रीमतीको पाठेघरमा समस्या भएका कारण निःसन्तान रहेका पाण्डे दम्पत्तीले आत्मैदेखि नै बालिकालाई आफ्नै सन्तान बनाएर पाल्न चाहेको बताएका छन् । बालिकालाई कर्म दिएर सक्षम बनाउन आफूसँग सम्पत्ति र दिगो आय आर्जन भएको दम्पत्तीको भनाई छ ।

 बालिकाको साथमा पाण्डे दम्पत्ति

गीताका श्रीमान् विरेन्द्र कुमार पाण्डे विद्युत प्राधिकरण गुलरिया वितरण शाखामा कार्यरत कर्मचारी हुन् । उनी पनि कार्यालयको समय सकिने वित्तिकै अस्पतालमा आएर बालिकाको स्याहर सुसारमा श्रीमतीलाई सहयोग गर्ने गरेका छन् । ‘ल्याक्टो, स्यारलेस् खाँदै थिइन्, हिजोदेखि गाईको दूध खुवाउने गरेका छौँ, वीरेन्द्रले भने । 

शुरुका दिनमा बालिकासँगै सुत्दा रातमा निद्रा नै नलागेको र आजभोलि उनको स्वास्थ्य अवस्था पनि राम्रो छ रातमा निद्रा पनि परेको छ म पनि छोरीसँगै सुत्छु, गीतादेवी भन्छिन् । बालिकालाई छोरी बनाएर लालनपालन गर्नका लागि आवेदन पनि दिइसकेको पाण्डे दम्पत्ती बताउँछन् । यसरी रातदिन सेवा गरेपनि बालिका पाउने कुरामा ढुक्क भने छैनन् उनीहरु । हेरौं ! भाग्यमा भए पाइएला नभए त के गर्ने चित्त बुझाउनै प¥यो ! तर बालिकाको सेवा सुसार गरेको देख्दा निःसन्तान दम्पत्तीको माया बालिकाले र बालिकाको माया दम्पत्तीले पाएजस्तो देखिन्छ ।

 

गीतादेवी भन्छिन्, ‘जसरी पनि लिने प्रयास रहने छ मेरो मैले छोरी हैन राजकुमारी नै बनाउने सपना देखिसकेकी छु ।’ पढाउँछु, लेखाउँछु, सक्षम अनि योग्य र असल बनाउँछु । उनी भन्छिन्, ‘छोरीको के ईच्छा हुन्छ, तर भाइलाई त हामीले नै पढाएर ईन्जिनियर बनाइयो भने, यी छोरीलाई पनि ईन्जिनियर बनाउने सपना छ ।’

पाण्डे दम्पत्तीको आत्मैदेखिको रहर पूरा होस् । प्रगतिको साँच्चिकै प्रगति होस् । कामना । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यस वर्ष एसईईमा ५ लाख १२ हजार बढी विद्यार्थी सहभागी हुँदै दीपक खड्का र रेखा शर्मालाई रिहा गर्न अस्वीकार वीर अस्पतालमा कडाइ, ढिलो आउनेको आधा दिनमात्र हाजिरी प्रतिनिधि सभाको सभामुख निर्वाचन चैत २२ गते हुने एसइईको रिजल्ट एक महिनाभित्रै निकाल्ने दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु सिंहदरबारमा सर्वदलीय बैठक जारी कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सुरु गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौँको अवलोकन महाकालीमा नुहाउने क्रममा बगेर एकजना बेपत्ता यातायात कार्यालयबाट १६ बिचौलिया पक्राउ तोलामा ७४ सयले बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोवार ? विद्यालय पाठ्यक्रममा विपद् उद्धारसम्बन्धी विषय राख्न गृहमन्त्रीको निर्देशन कांग्रेसले सातै प्रदेशमा चुनावको समीक्षा गर्ने वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने एमालेले बोलायो संसदीय दलको बैठक अध्यक्ष ओलीको गिरफ्तारीविरुद्ध एमालेले वैशाख १२ गते काठमाडौँमा विरोध प्रदर्शन गर्ने आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा एक जना पक्राउ गृहमन्त्री गुरुङद्वारा सशस्त्र प्रहरीका अधिकारीहरूसँग छलफल सुदूरपश्चिमका सांसदहरूसँग प्रधानमन्त्री शाहको छलफल