सास । असार ७, बर्दिया । 

स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । असार ७, बर्दिया । 

स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुप"/>

७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

नवग्रह शान्ति गर्न नौ दिनदेखि नौ ओटा बत्ती

७ असार २०७४, बुधबार ०७:४४

सास । असार ७, बर्दिया । 

स्थानीय चुनावी माहोल तात्तिँदै गएको छ । प्रचार प्रसार तीब्र रुपमा चलिरहेको छ । यसैबीच स्थानीय निकायहरुको ध्यान सानातिना कुरामा जान नसकेकोमा स्थानीयहरुको गुनासो रहको छ ।


विगत नौ दिनदेखि गुलरिया नगरपालिका वडा नं. ५ को सन्तोषीटोलका नौ ओटा सडक बत्तीहरु विगत नौ दिनदेखि निरन्तर बलिरहेका छन् । मेन मिटरबक्समा रहेको एमसिभीमा समस्या भएका कारण अफ नभएपछि यी बत्ती दिनभर बलेका स्थानीय ज्ञानप्रसाद ज्ञवालीले बताउनुभयो । 

‘विद्युतमा जानकारी गराउँदा नगरपालिकामा भन्नुस भन्यो र नगरपालिकामा जानकारी गरायौँ अहिले भर्खर बनाउने मान्छे आउँछ भनेको आज चार दिन वितिसक्दा पनि आएका छैनन् खै के हो बुझ्न सकिएको छैन, ‘बत्तीहरु निरन्तर बलेका बल्यै छन् मिटर घुमेको घुम्यै छ यसको महशुल हामीले नै तिर्नुृ पर्छ किन वास्ता नगरेको हो कि हाम्रो कुरा नसुनेका हुन् कुरा बुझ्न सकिएन’ ज्ञवालीले भन्नुभयो । व्यङ्ग्यात्मक पारामा वहाँले भन्नुभयो खै ? कतै नौ ग्रहको शान्ति गर्न त हैन बत्ती बलेका ?

यस्ता कुराहरुमा नगरपालिका र सम्बद्ध निकायको ध्यान नजाँदा राज्य तथा समाजलाई नै घाटा पर्ने हुँदा छिटो भन्दा छिटो यसको उचित मर्मत तथा व्यवस्थापनका लागि सम्बन्धित निकायको ध्यान जान जरुरी देखिन्छ । यति मात्रै हैन पोलमा भएका चराका गुँडहरु तथा पुराना भएर कमजोर भएका तारहरु तथा संरचनाहरु समयमा नै व्यवस्थापन नगर्ने हो भने वर्खायाममा विद्युत चुहावट भई सर्ट हुने तथा आगलागी भई धनजनको समेत क्षति हुने भएकोले पनि यथाशीघ्र यसको व्यवस्थापन गरिनु पर्दछ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या