टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क"/>

2026-09-03 06:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भेरी नदीको बहाव दैनिक बढ्दै, डोल्पाको सदरमूकाम दुनै बजार उच्च जोखिममा


टेक शाही/असार ३०, डोल्पा । डोल्पा सदरमुकाम दुनै बजार दैनिक उच्च जोखिममा पर्दै गएको छ । 

भेरि नदिको किनारामा रहेको दुनै बजारमा झण्डै साढे एक लाख क्यूबिक फिट भन्दा धेरै पानिको बहाव बढे पछि दुनै बजार उच्च जोखिम देखिएको छ । 

समून्द्रि सतहबाट २ हजार ८५ मिटर उचाइमा रहेको दुनै बर्षेनि बर्षाको समयमा उच्च जोखिममा रहने गर्दछ । तिब्बतको सिमाना र मुस्ताङको सिमानमा उद्धगम स्थाल भएको भेरि नदिले हाल सम्म धनजन र मानबिय क्षेति भने पुर्याएको छैन । सुख्खा भु–भाग रहेको दुनैमा पानि कम मात्र पर्ने गर्दछ तर उच्च हिमाली भु–भागबाट पानि धेरै आउने भएको कारण भेरि नदिको बहाव उच्च हुने गरेको वाताबरणको बिद्यार्थि योगेन्द्र बुढाले बताए । 

करिब २ हजार ७ सय बराबार जनस्ख्या बसोबास गर्ने दुनैमा भेरि नदिको बहाव दैनिक बढ्न लागे पछि स्थानियहरु बारमबार त्रसित हुने गरेका छन । चारै तिर उच्च पहाड र सुख्खा पाखाहरु भएको कारण ति नाँङ्गा पाखाहरुबाट उत्याधिक पानि परेको अबस्थामा बाढि पहिरो आएमा दुनैको बजार पूरै खतारमा पर्ने स्थानिय ओम रोक्का मगरले चिन्ता ब्यक्त गरे । 

दुनैका स्थानियहरुले हिउदमा भेरि नदिको छेउबाटै ग्याबिन हालेर घर बनाउने गरेका छन । हिउदमा त्यसरि बनाएको घर बर्षाको समयमा पानिको मात्रा भेरिमा बढे पछि भेरि नदिको किनारामा जग भएका ७० घरहरु सबै उच्च जोखिममा रहेका छन । किनारमा भएका घरहरु जोखिममा भएका र त्यसरि जोखिम मोलेर बसोबास नगर्न अनुरोध गरेको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले बताए । 

सदरमुकामको पूरै बस्तिहरु जोखिममा भए पछि सँरक्षणको लागि भन्दै जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय डोल्पाले बिभिन्न ठाँउमा भेरि नदिको किनारामा तटबन्द गर्ने काम गरेको छ । हरेक बर्ष बर्षामा पानिको बहाव भढ्ने र पानिले क्षय गर्दै जाने भएकोले दुनैका स्थानियले खतरा मोली राख्नु पर्ने र अब त्यसबाट केहि हत सम्म भए पनि सँरक्षणको प्रयास गर्ने गरेको जल उत्पन्न प्रकोप नियन्त्रणका प्राबिधिकहरुले बताए । 

सदरमुकाम भेरि नदिको किनारमा भएको कारण हिउदको समयमा फोहोर पनि निकै धेरै हुने गरेको छ । खानेपानि तथा सरसफाइ स्वाच्छता समन्वय समितिले बिभिन्न समयमा सरसफाइ गरे पनि बर्षाको समयमा पानिको बहाव उच्च हुने भएको कारण भेरि नदि सफा रहने गर्दछ । 

पाच बर्ष भित्रमा भेरि नदिको पानि अञ्जुली भेरर पिउन मिल्ने योग्य बनाउने स्थानिय निर्वाचन ०७४ मा निर्वाचित ठुली भेरि नगरपालिकाका उपप्रमूख योगन्द्र बहादुर शाहीले प्रतिबद्धता जनाएको बताए । पानि पिउन मिल्ने बनाउने प्रतिबद्धता सबैले जानए पनि बर्षा याममा भेरि नदिको कारण दुनै बजार उच्च जोखिम बढदै गएको प्रति भने कसैको पनि चासो गएको पाइदैन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही