१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

१८ वर्षीय लक्ष्मी उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा, सहयोग गर्न सबैलाई आग्रह

१ भाद्र २०७४, बिहीबार १२:५५

भदौ १, झापा । आफैंले बालेको टुकीबाट आगो सल्किएर शरीर जल्दा गम्भीर घाइते बिर्तामोडकी १८ वर्षीया लक्ष्मी करुवा उपचार खर्च अभावमा जीवन मरणको दोसाँधमा छिन् । 

सुरुमा बिर्तामोडका अधिकांश हस्पिटलले उपचार सम्भव छैन भने पनि कञ्चनजंघा हस्पिटलमा डा सीपी यादवको टिमले उनको उपचार गरिरहेको छ । बिर्तामोड बुट्टाबारी निवासी समाजसेवी रामकुमार कन्दङ्वाले उद्धार गरी उनलाई हस्पिटल पुर्याएका थिए । 

अहिले लक्ष्मीको अवस्थामा धेरै सुधार आएको डा. यादवले बताए । उनलाई बचाउन  उपचारमा खर्च जुटाउनु आवश्यक रहेको समाजसेवी कन्दङवा बताउछन् । कन्दङवा आफ्नै सन्तान सरह लक्ष्मीको नियमित रेखदेखमा खटिएका मात्र छैनन् आर्थिक रुपमा पनि धेरै सहयोग गरिरहेका छन् । विरामीको खुराक र कुरुवाको खाना उनलेनै प्रवन्ध गरिरहेका छन् ।  ‘म एक्लैले केह ीगर्न सक्दिन त्यसैले सवैको सहयोग जरुरी छ’–उनी भन्छन्–‘लक्ष्मी तपाईं हाम्रै छोरी चेली हुन्, उनकोे जीवन बचाउन पत्रकारले कलम चलाइदिनुपर्यो, अरु सवैले सकेको सहयोग दिनुपर्यो ।’ 

गत शनिवार राति घरमा सुतिरहेको अवस्थामा जल्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको निधारदेखि मुनि कम्मरसम्मको सम्पूर्ण भाग जलेको छ ।

मट्टितेल पोखिएर ओछ्याएको तन्ना र झुल शरीरमा टाँसिएपछि उनी जलेको उनका श्रीमान् राजेशले बताए ।  अस्पतालले उनको उपचारमा २५ लाख लाग्छ भनेपछि पैसा नभएर श्रीमानले लक्ष्मीलाई घरमा नै लगेर केराको पातमा सुताएका थिए । लक्ष्मीका श्रीमान् राजेशले भने– ‘रामकुमार कन्दङ्वाले हाम्रो दुःख देख्न नसकेर अस्पताल ल्याउनु भएको हो ।’

लक्ष्मीको ६ महिनाको छोरा रहेको छ । कन्दङ्वाले लक्ष्मीको उद्धारमा मानप्रसाद लिङ्देनको पनि साथ रहेको बताए । लक्ष्मीको उपचार तथा स्याहारका लागि वडाध्यक्ष सूर्य कन्दङ्वा, सदस्य शोभा विक, एलविन्द्र खत्री, पवित्रा ढुंगाना र पर्शुराम खनाल, समाजसेवी विष्णु गौतम लगायतले सहयोग गरिरहेको बताएइको छ । बीरु दर्नाल लगायतले फेसबुकमार्फत लक्ष्मीको उपचारमा सहयोग जुटाउन अभियान चलाएका छन् । 

यसैवीच लक्ष्मी करुवाको उपचारका लागि आर्थिक श्रोत जुट्न थालेको छ । उनको उपचारका लागि वीरवहादुर दर्नालको संयोजकत्वमा आर्थिक संकलन समिति गठन भएको र समितिमा रकम जम्मा हुन थालेको छ । उनको उपचारका लागि अन्नपूर्ण सप्लायर्सका सुनील अधिकारीले ५ हजार, वीरबहादुर दर्नालले ५ हजार, किरण थापाले ३ हजार, सोहनलाल राजबंशीले दुई हजार ५ सय, कुमारमणि पोखरेलले दुई हजार ५ सय, पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले एक हजार, योगिता खपांङ्गीले २ हजार ५ सय, विजय डालमियाले २ हजार, समिल राईले २ हजार, लक्ष्मण खतिवडाले २ हजार, तुलसी खनालले २ हजार, मनेश दाहालले २ हजार, कृष्ण पौडेलले १५ सय, पदमबहादुर तामाङ (देवराज)ले १ हजार १०, मुकुन्द उप्रेतीले १ हजार रुपैयाँ प्रदान गरेका छन् ।  

त्यस्तै रञ्जित परियारले १ हजार, गोमा चोङ्बाङले १ हजार, चण्डी अधिकारीले १ हजार रुपैयाँ प्रदान गरेका छन् । त्यस्तै प्रकाश कुपरीले ११ हजार दिने बचन दिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु