२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’ (तस्बिरसहित)

२०७४, २९ भाद्र बिहीबार ०९:२२

नारायण ढुंगाना/भदौ २९, बर्दिया । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । 

सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए । 

दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै १० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ । जगत रिजालले एक्कासि बाघ लस्केको देख्नुभयो । ‘टाइगर, टाइगर’, रिजालले संकेत गर्दै गाडी रोक्न भन्नुभयो । 

घना झाडीमा विश्वकै दुर्लभ मानिएको भाले पाटेबाघ आराम गरेर बसिरहेको थियो । बाघ आफ्नै सुरमा थियो । उसलाई नबिथोलेसम्म मान्छेलाई आक्रमण गर्दैन भन्ने सबैलाई थाहा थियो । सबै जनाले बाघको तस्वीर कैद गरे । “दुई घण्टाको अन्तरालमै बाघ भेटिनु ठूलो उपलब्धि हो,” वन्यजन्तुको फोटो खिच्दै आउनुभएका ‘आई क्लिक फर कन्जरभेसन’का संस्थापक सागर गिरीले भन्नुभयो, “बर्दिया बाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो ।” 

सन् २०१३ को बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ ५० वटा भेटिएको थियो । गत साल मात्रै गरिएको आन्तरिक गणनामा बाघको सङ्ख्या बढेर ६२ पुगेको बताउनुहुन्छ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा । निकुञ्जस्थित गेरुवा नदी तटीय क्षेत्रमा बाघका लागि व्यवस्थित बासस्थान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापा भन्नुहुन्छ, “गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको सम्मिश्रण छ । त्यसैले यहाँ बाघ सधैँ हुन्छ ।” बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी ९क्षेत्र० बनाएर मिलेर बसेको थापाको बताउनुहुन्छ । 

बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्र मध्य बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्री, किङफिसरलगायत क्षेत्रमा बाघ पाइन्छ । यी मध्ये अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने संरक्षणकर्मी जगत रिजाल बताउनुहुन्छ । हुन त नेपालमै सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ । नेपालमा १९८ बाघ पाइएकामा १२० बाघ चितवन निकुञ्जमा छ । बर्दियामा ५०, बाँकेमा चार, पर्सामा सात र शुक्लाफाँटामा १७ वटा बाघ रहेको राष्ट्रिय तथ्याङ्क छ । 

पाटेबाघ विश्वमा दुई हजार ५०० को हाराहारीमा रहेको तथ्याङ्क छ । नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ । नेपालमा आगामी मंसिर, पुसबाट राष्ट्रिय रुपमा बाघको गणना हुन लागेकाले बाघ अझै बढ्ने अनुमान गरिएको छ । तर चितवनमा भन्दा बर्दियामा बाघ सहज रुपमा अवलोकन गर्न सकिन्छ । मुख्यगरी चितवनमा हात्तीलाई समेत ढाक्ने घाँस छ । त्यसमा बाघ सजिलै लुक्ने भएकाले मुस्किलले देखिन्छ । 

“बर्दियामा पानीको मुहान र उसको क्षेत्र निश्चित छ, त्यही क्षेत्रमै ऊ धुमिरहने हुँदा केही घण्टा कु¥यो भने भेटिन्छ,” आई क्लिक फर कन्जरभेसनका सागर गिरी भन्नुहुन्छ, “चितवनमा घना जंगल छ, बासस्थान धेरै छन्, जसले गर्दा बाघ देख्न मुस्किल पर्छ ।” जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अरू धेरै वन्यजन्तुको पनि बासस्थान राम्रो हुन्छ । जीवजन्तुको उच्च स्थानमा हुन्छ बाघ । कसैकसैले जंगलको राजा भनेर भन्ने गर्छन् । बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको उल्लेख गर्नुभयो बर्दिया निकुञ्जका प्रमुख रमेश थापा । 

बाघको सङ्ख्या बढाउन उसको बासस्थानसँगै आहारा प्रजातिसमेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउनुहुन्छ । बर्दियामा हरेक वर्ष बाघ र आहारा प्रजातिको अध्ययन अनुसन्धान गर्ने गरेको र समुदायसँग मिलेर संरक्षणका काम गर्ने गरिएको छ । यस वर्ष ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित बाघ दिवससमेत मनाइएको छ । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । सन् २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ । 


अब लक्ष्य पूरा गर्न नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । बाघ कम भए पनि राम्रो बासस्थान र घनत्व निश्चित ठाउँमा भएकाले बर्दियामा देख्न सहज हुने अर्याल बताउनुहुन्छ । बाघ जोगाउने अभियानमा मुख्य समस्या चोरी तस्करी हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् । मानव वन्यजन्तु द्वन्द्व र बासस्थान खण्डीकरणले पनि बाघ संरक्षणमा चुनौती थपिरहेको छ । 

मुख्यगरी बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसेमैदान र पानीपोखरी व्यवस्थापन जरुरी हुन्छ । हालै चितवनमा एउटा विज्ञ समूहले गरेको अध्ययनमा पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ । यसलाई हेर्दा पनि मानिसलाई कुनै कारण बिना बाघले आक्रमण गरिहाल्दैन । आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघले अन्यत्र जान खोज्दा मान्छे भेटेमा मात्रै आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ । 

बाघको आनिबानीबारे डा पोखरेलले भन्नुभयो, “मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो । अब हामीले नै ऊ हिँड्ने बाटोलाई सहज पारिदिनुपर्छ ।” सिमसार घाँसेमैदान व्यवस्थापन र स्थानीयवासीसँगको समन्वय तथा समुदायमा आधारित युवा परिचालन अभियान बर्दियामा नमूना रहेकाले पनि बाघको संरक्षण राम्रो रहेको वन मन्त्रालयका वातावरण शाखा प्रमुख डा महेश्वर ढकाल बताउनुहुन्छ । 

कर्णाली नदीको पानी ढलोसँगै घाँसेमदान र आहारा बढी प्रजाति पाइने भएकाले पछिल्लो समयमा तुलनात्मक रुपमा अन्तभन्दा बर्दियामा बाघ सहज देखिने ढकाल बताउनुहुन्छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ