२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

१४ वर्षीया बालिकाको बिहे गर्न ५० लाख खर्च, ४० गाडीमा तीन सय जन्ती

२०७४, ९ कार्तिक बिहीबार ०१:१८

असोज ९, काठमाडौँ । फूलमाला र बत्तीले झिलिमिली भव्य मण्डप । छिमेकीदेखि टाढाटाढाका आफन्त । खानपिनका लागि विभिन्न थरी परिकार । 

लाहान, नयाँ बजारका मोहम्मद ताहिर अन्सारीले छोरीको बिहेका लागि सम्पूर्ण तयारी गरेका थिए। मात्र प्रतीक्षा थियो जन्तीको। राति करिब ११ बजे जन्तीको लावालस्कर पनि आयो । ४० गाडीमा तीन सय जन्ती मण्डपमा भित्रँदा बेहुलीका अभिभावकको अभिमानसमेत बढेको थियो । 

स्वागतसँगै जन्ती खानपिनमा लागे। अभिभावक निकाह (बिहे)को तयारीमा लागे । सम्पूर्ण रूपले सिँगारिएकी बेहुलीलाई कोठाबाट मण्डपतिर लगिँदै थियो। त्यही वेला फिल्मी शैलीमा ‘यो बिहे हुन सक्दैन’ भन्दै प्रहरी पुग्यो । समारोहमा अचानक बिघ्न उत्पन्न भएपछि सबैजना अत्तालिए ।

प्रहरीले अभिभावकलाई सोधे, ‘बेहुलीको उमेर कति हो ?’ अभिभावकले सुरुमा आनाकानी गरे पनि खुलासा गर्न बाध्य भए, ‘बेहुलीको उमेर १४ वर्ष मात्रै छ।’ उमेर नपुगेकी बालिकाको बिहे गर्न पाइँदैन, अभिभावक र साक्षीलाई समेत मुद्दा लाग्छ भनेर प्रहरीले ठुल्ठूलो स्वरमा भन्न थालेपछि आफन्तहरूको भागाभाग भयो। बेहुलीपक्ष मात्र होइन, नाच्दैगाउँदै आएका जन्ती पनि तितरबितर हुँदै भाग्न थाले । ५० लाख रुपैयाँ खर्च गरेर आयोजना गरिएको बिहे समारोहमा कोलाहल मच्चियो। तर, प्रहरीले कसैलाई गिरफ्तार गरेन ।

घरछेउकै मेरी चिल्ड्रेन एकेडेमीमा कक्षा ७ मा अध्ययनरत बालिकालाई बिहे गर्न आएका बिहार मधुवनीका मोहम्मद आशिफ एकवाल भने ३० वर्षका छन्। स्थानीयका अनुसार जन्तीको स्वागतका लागि मात्रै १० लाख खर्च भएको छ । जन्तीलाई खुवाउन ८ वटा खसी काटिएको थियो । 

करिब २ लाखको मण्डप सजाइएको थियो । दाइजोको रूपमा बेहुलालाई दिन करिब ४० लाखबराबरको कार किनिएको थियो। बालिकाको बिहे गराउन खोजेकोमा अभिभावकलाई अहिले पनि पछुतो छैन । बरु बिहेका लागि भएको खर्च खेर गएकोमा भने उनीहरू दुःखी छन्। उनले भने, ‘विवाहका सबै सामान बर्बाद भएका छन्।’

नाबालिक छोरीको बिहे आयोजना गर्ने बाबुआमा आर्थिक रूपमा सम्पन्न र सामाजिक रूपमा प्रतिष्ठित मानिन्छन् । आमा अमिना खातुन राप्रपाकी नेतृ हुन्। गत निर्वाचनमा लाहान नगरपालिकाबाट उपमेयरमा उम्मेदवार बनेकी उनी तीन हजार १९७ मत ल्याएर चौथो भएकी थिइन्।

त्यस्तै बाबु मोहम्मद ताहिर पनि दोस्रो संविधानसभा निर्वाचनमा नेपाल लोकतान्त्रिक पार्टीका तर्फबाट सिरहा–१ बाट उम्मेदवार बनेका थिए। उनीहरू जग्गा कारोबारमा समेत छन्।

इलाका प्रहरी कार्यालय लाहानका प्रमुख नरेशराज सुवेदीले नाबालिकाको बिहे हुन थालेको सूचनाका आधारमा हस्तक्षेप गरेको बताए। ‘अवैध र अमानवीय यस्तो कार्यमा सहभागी हुन कारजिप चढेर तीन सय मान्छे आएको देख्दा हामी पनि चकित परेका छौँ,’ उनले भने । 

प्रहरी नायब उपरीक्षक सुवेदीले मंगलबार बिहान बालिका र बुबा ताहिर अन्सारीलाई इलाका प्रहरी कार्यालय लाहानमा हाजिर गराएर चेतावनीसहित छोडेको बताए।

बिहेको उमेर कम्तिमा २० वर्ष

नेपालको बर्तमान मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारी सम्बन्धी महलमा केटा र केटी दुबैको उमेर अनिवार्य २० बर्ष पुगि सकेको हुनुपर्ने उल्लेख छ। पहिले अभिभावकको सहमतिमा १८ बर्षमा विवाह गर्न पाउने कानूनी व्यवस्था थियो । 

२० बर्ष नपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी)लाई एक महिना कैद र एक हजार रुपैयाँ जरिबाना गर्न सक्ने कानूनी व्यवस्था छ । यो खबर  दिलीप सिंहले आजको नयाँ पत्रिकामा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने