२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अनैतिक सम्बन्ध लुकाउन भाइको हत्या गरेकी प्रियंकाले गरिन् प्रहरी चौकीमै आत्महत्या

२०७४, १२ कार्तिक आईतवार १६:००

राम नारायण पंडित/कात्तिक १२, सिरहा, १२ कार्तिक । अनैतिक सम्बन्ध खुल्ने डरले भाईको हत्या गरेकी दिदीले प्रहरी हिरासतमै आत्महत्या गरेकी छिन् । 

सिरहाको कर्जन्हा नगरपालिका २ की १६ वर्षिया प्रियंका यादवले प्रहरी हिरासतमा आइतबार बेलुकी झुण्डिएर आत्महत्या गरेकी प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर आज सार्वजनिक गरेको केहि घण्टापछि  आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सिरहाका डिएसपी राजन भेटबालले बताए । 

काकाको छोरा तथा भाइ भवेशकुमार यादवको हत्याको आरोपमा प्रियंका र निजका नजिकका साथी सञ्जयकुमार साह पक्राउ परेका थिए । 


पक्राउ परेका मध्ये प्रियंकालाई ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट ठाउँ अभावका कारण प्रहरी चौकी बिष्णुपुर लगिएको थियो । प्रियंकाले हिरासतकै शौचालयको भन्टिलेरको रडमा सलले झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

यो पनि पढ्नुहोस 

अनैतिक सम्बन्ध लुकाउन दिदिले लिइन् १३ बर्षीय भाईको ज्यान

सिरहाको कर्जन्हा नगरपालिका २ बन्दिपुरमा अनैतिक सम्बन्ध लुकाउन दिदिले  आफ्नो नजिकको केटा साथीको सहयोगमा भाईको हत्या गरेकी छिन् । 

यहि कार्तिक ३ गतेदेखि हराईरहेका स्थानिय कुसुमलाल यादवका १३ बर्षीय छोरा भवेश कुमार यादवको शव ५ गते बेलुकी हत्या गरि फालिएको अवस्थामा कर्जन्हा नगरपालिका २ स्थित बनमारा घारीमा फेला परेको थियो । 

भबेशलाई आफ्नै ठुलोबुवा राम उदगार यादबका १६ बर्षीय छोरी प्रियंका यादब र प्रियंकाका नजिकको केटा साथी तथा छिमेकी धनुषा धनौजीकट्टी ५ घर भई हाल कर्जन्हा नगरपालिका २ स्थित मामा नविन कुमार साहको घरमा बसी अध्ययन गर्दै आएका  नथुनी साहको १४ बर्षीय छोरा संजय कुमार साहले आफ्नो यौनलिला लुकाउन खुकुरीले घाँटी रेटि हत्या गरेको प्रहरीले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय मिर्चैयाले आज (आइतवार) पत्रकार सम्मेलन गरि भवेशको हत्यामा संलग्न प्रियंका र संजयलाई पक्राउ गरि सार्वजनिक गरेका छन् । पत्रकार सम्मेलनमा ईप्रका मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले भने “प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भबेशले देखेको र उक्त सम्बन्ध घरपरिबार र आफन्तलाई भनिदिने बताएका थिए” त्यसैले आफ्नो अनैतिक सम्बन्ध लुकाउने उदेश्यले दुवैजना मिलेर भबेशलाई हत्या गरेको हो” । 

उनले भने “भैसी चराउन गएको बेला प्रियंका र संजयबिचको अनैतिक सम्बन्ध भवेशले घटना हुनु भन्दा २ दिन अगाडी देखेएका थिए” । भबेशलाई यो कुरा कसैलाई नभन्न भनेपनि नमानेकोले आफुहरुले हत्या गरेको उनीहरुले स्विकार गरिसकेको डिएसपी गजुसिद्धि बज्राचार्यले बताए ।

कार्तिक ३ गते भटका र  मोबाइल भेटेको भन्दै भवेशलाई ललाईफकाई कर्जन्हा नगरपालिका २ मा रहेको नर्सरीको बनमारा घारीमा लगेर प्रियंका र संजयले खुकुरी प्रहार गरेर हत्या गरि फालेका थिए । हत्या गर्ने क्रममा प्रियंकाले आफ्नो सलले भवेशको आखाँ बन्द गरि खुकुरी प्रहार गरेको प्रहरीलाई बताएको छ ।

अपराधिलाई केन्द्रिय अनुसन्धान ब्युरो काठमांडौ, प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहा र ईलाका प्रहरी कार्यालय मिर्चैयाका संयुक्त प्रयासमा पक्राउ गर्न सफल भएको डिएसपी बज्राचार्यले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने