२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देउवाकी श्रीमती, ओलीका सालो, प्रचण्डका ज्वाइँ र बुहारी चुनावी मैदानमा

२०७४, १७ कार्तिक शुक्रबार ०२:२७

कात्तिक १७, काठमाडौं । राणा शासन र राजतन्त्रको अन्त्य भए पनि राजनीतिमा वंश परम्परा बाँकी नै छ । 

यसको प्रमाण खोज्न टाढा जानै पर्दैन। प्रधानमन्त्ती एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीमतीलाई जित सुनिश्चित हुने क्षेत्रमा उम्मेदवारी दर्ता गर्न कैलाली पुर्याएका छन् । 

देउवा आफू उपस्थित नभई वारेसनामा मार्फत् डडेल्धुरा-१ मा उम्मेदवारी दर्ता गराए। श्रीमती आरजु राणा देउवाले तामझामका साथ कैलाली-५ मा पुगेर उम्मेदवारी दर्ता गराएकी छिन् ।

उता एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा-५ मा पुगेर उम्मेदवारी दर्ता गराए । वाम गठबन्धन गरेर आफ्नो जित सुनिश्चित गरेका ओलीले सिट बाँडफाँडको क्रममा प्रचण्डलाई आफ्नो मान्छेलाई एक सिट चाहिने भन्दै सालोलाई प्रदेशसभामा सुरक्षित गरेका छन्। ओलीका सालो ज्ञानेन्द्र शाक्य ललितपुर क्षेत्र नम्बर २ (ख) मा उम्मेदवार बनेका छन् ।

त्यस्तै, माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का नातागोता अझ बढी नै चुनावी मैदानमा देखिए। प्रचण्ड स्वयम् वाम गठबन्धनको तर्फबाट चितवन ३ मा मनोनयन दर्ता गर्न पुगे । 

छोरा प्रकाशकी श्रीमती अर्थात् बुहारी बिना मगरले कञ्चनपुर १ मा उम्मेदवारी दर्ता गराएकी छिन्। यता कान्छो स्वाइँ जीवन आचार्यलाई मोरङको क्षेत्र नम्बर ६ (क) मा प्रदेशसभाको उम्मेदवार बनाएका छन् भने भाइ नारायण दाहाललाई समानुपातिकको सूचीमा राख्न सफल भएका छन् । अन्नपुर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने