२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

देशभरबाट नेकपाका तीन सय बढी कार्यकर्ता पक्राउ, कुन जिल्लाबाट कति ? (सुचिसहित)

६ मंसिर २०७४, बुधबार ०३:०४

मङ्सिर ६, काठमाडौं । चुनाव बिथोल्न खोजेको आरोपमा प्रहरीले विभिन्न जिल्लाबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका तीन सय बढी कार्यकर्तालाई पक्राउ गरेको छ । 

रुकुममा पूर्वगृहमन्त्री जनार्दन शर्मा र रोल्पामा माओवादी नेता कृष्णबहादुर महरामाथि लक्ष्य गरेर बम विस्फोट भएपछि प्रहरीले विप्लवका कार्यकर्ता पक्राउ गर्न थालेको हो । 

प्रहरी नेतृत्वले प्रधानमन्त्री एवं गृहमन्त्री शेरबहादुर देउवालाई विप्लवका कार्यकर्ता समात्न ढिलो गरी निर्देशन दिएको कुरा व्यक्त गर्न नसके पनि अहिले प्रहरी वृत्तमा सरकारको निर्देशन ढिलाइ भएकै कारण कमै मात्र पक्राउ भएको विश्लेषण गरिएको छ । प्रहरी मुख्यालयका अनुसार अहिले विप्लवका अधिकांश कार्यकर्ता भूमिगत छन् । 

एक उच्च प्रहरी अधिकृतले भने, ‘तत्कालीन नेकपा माओवादीबाट चोइटिएर गएकामध्ये करिब हजार जना कार्यकर्ता ध्वंसात्मक गतिविधिमा लागेको आकलन गरिएको छ ।

तल्लोस्तरमा भने आफूलाई विप्लवका कार्यकर्ता भनेर नचिनाउने तर सुराकी गरिरहनेको संख्या ठूलै छ ।’ सरकारले विप्लवका कार्यकर्तामाथि धरपकड गर्न ढिलो निर्देशन दिएकाले थोरै मात्रै कार्यकर्ता पक्राउ परेको ती प्रहरी अधिकृतको भनाइ छ । 

‘हामीले एक महिनादेखि नै विप्लवका कार्यकर्ता पक्राउ गर्न थालौं भनेर सरकारसँग अनुमति माग्यौं तर स्वीकृति पाइएन । धेरै भूमिगत भइसकेपछि मात्रै सरकारबाट निर्देशन आएकाले प्रहरीले पक्राउ गर्न सकेन भन्नुको कुनै तुक देखिँदैन’, उनले भने।

प्रहरी प्रवक्ता डीआइजी मनोज नेउपानेले दिएको जानकारीअनुसार हालसम्म तीन सय ५ जना मात्र पक्राउ परेका छन् । प्रहरीले केन्द्रीयस्तरका दुई नेता सरला रेग्मी र मानिक लामालाई पनि पक्राउ गरेको छ । उनीहरू नेकपा केन्द्रीय सदस्य हुन् । चितवन प्रहरीले विप्लवका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई पनि पक्राउ गरेको छ । 

विप्लवले राजनीतिक प्रतिशोधका आधारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल वा उनको चुनावी सभामा विस्फोटका घटना गराउन सक्ने आशंकामा प्रहरीले निगरानी बढाएको छ । प्रहरीको विशेष ब्युरो टोली चितवनमा विशेष निगरानीका लागि खटिएका छन्।

प्रवक्ता नेउपानेले पक्राउ परेकामाथि केहीलाई सार्वजनिक अपराध सजाय ऐनअन्तर्गत मुद्दा चलाइए पनि केहीमाथि अनुसन्धान भइरहेको बताए । उनले भने, ‘धरपकड गर्ने क्रम जारी छ । 

सबै जिल्लाका इन्चार्जलाई चुनाव बिथोल्न खोज्नेलाई पक्राउ गर्न स्पष्ट निर्देशन दिइएको छ ।’ प्रधानमन्त्री देउवाले सोमबार साँझ मात्रै चारवटै सुरक्षा निकायका प्रमुखलाई डाकेर चुनाव बिथोल्ने जोसुकै भए पनि पक्राउ गरेर कारबाही गर्न निर्देशन दिएका थिए । विप्लवका कार्यकर्ताले बुथ कब्जा गर्नेदेखि मतपेटिका लुट्नेसम्मको योजना बनाएको रिपोर्टिङ सुरक्षा निकायले देउवालाई गरेका थिए । -अन्नपूर्ण पोष्ट 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य