2026-06-25 04:23 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरी र आन्दोलनकारीबीच झडप, दिपायलमा सेना परिचालन

2018-01-21

माघ ७, काठमाडौँ । दिपायलमा फेरी झडप भएको छ । झडपका क्रममा दिपायलका घनश्याम दत्त पाठक, पुष्कर द्धारीया घाइते भएका छन् भने थप एक जना पनि घाइते भएको प्रहरीले जानकारी दिए । 

घाइतेको पूर्ण विवरण आउन बाँकी रहेको संघर्ष समितिका सदस्य तेज डुम्रेलले जानकारी दिए । अाजकाे नयाँ पत्रिका दैनिकमा खवर छ । घाइतेको राजपुरस्थित महाकाली मेडिकल हलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । डोटी बन्दको २५औं दिन आज पनि जारी छ । 


क्षेत्रिय शिक्षा निर्देशनालयको भवनमा आन्दोलनकारीले तोडफोड गरेपछि प्रहरी र आन्दोलनकारीकाबीचमा झडप भएको हो । शुक्रबार सिलगढीमा पनि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो ।

क्षेत्रिय प्रशासनमा कालो झण्डा

आन्दोलनकारीले ७ नम्बर प्रदेशको क्षेत्रिय प्रशासन कार्यालयमा कालो झण्डा गाडेका छन् । क्षेत्रिय प्रशासनसँगै क्षेत्रिय कार्यालयमा कालो झण्डा गाडेका छन् । दिपायल देखी सुरु भएको ¥याली क्षेत्रिय प्रशासन कार्यालयमा पुगेर कोणसभा गर्नुका साथै कालो झण्डा गाडेका थिए । 

आन्दोलनकारीले आज सिलगढी, दिपायल, राजपुर र बुडर बजारमा प्रर्दशन गरे । सरकारले मागको सुनुवाई नभएसम्म आन्दोलन जारी संर्घष समितिका संयोजक नरेन्द्र खड्काले बताए ।

पहाडी जिल्लाको यातायात ठप्प

७ नम्बर प्रदेशका पहाडी जिल्लाको यातायात पूर्णरुपमा ठप्प छ । प्रदेश राजधानी माग गर्दै आएका आन्दोलनकारीले पहाडी जिल्लाको प्रबेशद्धारको रुपमा रहेको डोटीको जोरायल गाउँपालिकाको छतिवन बुडर बजार बन्द गरेसँगै पहाडी जिल्लाको यातायात अबरुद्ध बनेको हो । 

शान्तिपूर्ण आन्दोलन गर्दा सरकारले वेवास्ता गरेका कारण निर्णायक आन्दोलन स्वरुप बुडरमा बन्द गरेको संघर्ष समितिका संयोजक दुर्गादत्त ओझाले बताए ।

प्रेस र एम्बुलेन्स माथि निगरानी

संर्घष समितिले प्रेस तथा एम्बुलेन्सलगायतका सवारी साधन चल्न रोक नलगाएको बताए पनि आन्दोलनकारीले प्रेस तथा एम्बुलेन्स माथि पनि निगरानी बढाएका छन् । 

आन्दोलनकारीले प्रेस लेखिएका गाडीमा पनि परिचय–पत्र चेक गर्ने, नविकरण मिति सकिए वा नसकिएको चेक गर्ने गरेका छन् । एम्बुलेन्समा विरामी भए वा नभएको, विरामी रिफर गरिएको वा नगरिएको वा विरामीको अवस्थाबारे कागजात हेरेर मात्रै आवतजावत गर्न दिएका छन् ।

सुरक्षा व्यवस्था कडा

शुक्रबार सिलगढीमा प्रहरी र आन्दोलनकारीबीच झडप भएपछि स्थानीय प्रशासनले उच्च सर्तकता बढाएको छ । विभिन्न जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी डोटीको सुरक्षार्थ खटाइएको छ । 

दिपायल र सिलगढी सुरक्षार्थ करिव २ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । आन्दोलनकारीले प्रहरीमाथि पनि आक्रमण उत्रिएपछि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

अघोषित सेना परिचालन

डोटीमा अघोषितरुपमा सेना परिचालन गरिएको छ । सेना परिचालनको विषय जिल्ला सुरक्षा समितिका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद खत्रीले अस्वीकार गरे । 

तर, सिलगढीमा झडप भएपछि आज साँझबाट सिलगढी तथा दिपायल बजारमा सेनाले गस्ती गरिरहेको छ । सेना परिचालन बारे प्रमुख जिल्ला अधिकारी खत्रीले भने, ‘हामीले त्यस्तो कुनै निर्णय गरेका छैनौँ, उहाँहरुको नियमित कार्यक्रम हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा