२० माघ २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछापमा जारी राष्ट्रिय भलिबल प्रतियोगितावाट मध्यमाञ्चल र पश्चिमाञ्चल बाहिरिए

१८ माघ २०७४, बिहीबार १६:०२

प्रज्वल पौडेल । माघ १८ गते, रामेछाप ।

रामेछाप सिभिल च्याम्पियनसिप २०७४ बाट २ टीम बाहिरिएका छन् । बिहिबार भएको खेलको लिग चरणबाट मध्यमाञ्चल विकास क्षेत्र र पश्चिमाञ्चल विकास क्षेत्र बाहिरिएका हुन् । आज भएको खेलहरुमा शान्तिदिप युवा क्लब मन्थलीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई ३–० को सोझो सेटमा हराएको थियो ।


लोकतान्त्रिक खेलकुद संघ रामेछापले पश्चिमाञ्चल विकास क्षेत्रलाई ३–२ सेटमा पराजित गरेको छ भने सुदुरपश्चिमाञ्चल विकास क्षेत्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ३–० सोझो सेटमा हराएको थियो ।  

यता नमुनादिप युवा क्लब सैपु र हिमगंगा युवा क्लब बीच भएको खेलमा नमुनादिप युवा क्लब सैपुले ३–० सोझो सेटमा हिमगंगालाइ हराएको छ ।


पश्चिमाञ्चल विकास क्षेत्रलाई मन्थली युनाइटेड समाजले ३–० सोझो सेटमा हराएको थियो भने पुर्वाञ्चल विकास क्षेत्रलाई सुदुुरपश्चिमाञ्च विकास क्षेत्रले पनि ३–० को सोझो सेटमानै हराएको छ । 

 क्वाटर फाइनलमा प्रवेश गरेका ८ टिमले शुक्रबार क्वाटरफाइनलका खेलहरु खेल्नेछन् । बुधबारबाट  सदरमुकाम मन्थलीमा तेस्रो राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५० हजार, दोस्रो हुनेले १ लाख, तेस्रो हुने टिमले ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा सानत्वना हुने टिमले ३५ हजार नगद पाउने छ । त्यस्तै  उत्कृष्ट खेलाडी , डिफेण्डर, ब्लकर, सेटर, स्पाइकर र उत्कृष्ट सर्वरलाई पनि नगद पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला खेलकुद विकास समिति रामेछापले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार