२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

ओखलढुंगामा चिर्पटले हानेर साथीको हत्या गर्ने पाँचजना पक्राउ

१९ माघ २०७४, शुक्रबार ०४:४०

पूर्णप्रसाद न्यौपाने/माघ १९, ओखलढुंगा । ओखलढुंगामा आफ्नै साथीलाई गरेर हत्या गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । 

जिल्लाको मोलुङ्ग गाँउपालिका ७ पात्लेका कुमार मगरको हत्या अभियोगमा स्थानीय पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । गत आईतबार स्थानीय एक विवाह भोजमा सामान्य आपसी झगडाबाट सुरु भएको झडपमा मगरको ज्यान गएको थियो । 


उक्त घटनाका आरोपीहरुलाई जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका बहादुर कार्कीको नेतृत्वमा गएको प्रहरकिो टोलीले मंगलबार नै पक्राउ गरेको थियो । 

उनीहरुलाई प्रहरीले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । मदिरा सेवन गरेको समयमा भएको झडपमा चिर्पट दाउरो प्रहार गरेर मगरको हत्या भएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुमा वर्ष २३ का साङ्गे शेर्पा, वर्ष २२ का जिग्मे शेर्पा, वर्ष २२ कै पासाङ शेर्पा र वर्ष २६ का छोङतेण्डी शेर्पा छन् । उनीहरु चारैजना मोलुङ्ग गाँउपालिका ७ साविकको पात्ले गाविस वडा नं. २ का हुन् । अर्का एक युवालाई पनि प्रहरीले पक्राउ गरेपनि सार्वजनिक भने गरेको छैन ।

पक्राउ परेका पाचैजनालाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिका कार्कीले जानकारी दिए । सार्वजनिक गरिएका चारै जना माथि किटानी जाहेरी परेको निरिक्षक कार्कीले बताए । अर्का एक युवाको बारेमा कुनै जाहेरी नपरेकोले अनुसन्धानका लागि मात्रै नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।

गत आईतबार मोलुङ गाँउपालिका वडा नं. ७ मा भएको विवाहमा मदिरा सेवन गरेका युवाहरु बिच झडप भएको थियो । झडपमा परि मोलुङ गाँउपालिका वडा नं. ७ का बर्ष २२ वर्षका कुमार मगरको उपचारका लागि सामुदायीक अस्पताल ओखलढुंगामा ल्याइदै गर्दा बाटैमा मृत्यु भएको थियो । 

झडपमा अन्य ५ जना गम्भिर घाईते भएका थिए । घाईतेहरु सबैको अहिले पनि सामुदायीक अस्पताल ओखलढुंगामा उपचार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य