सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बर्दिया - BRD

४ सय १९ को महाभिडन्तमा ११ हजार नगद जित्ने को हुन् ?

२०७४, २० माघ शनिबार १३:२०

सास । माघ २०, बर्दिया । 

हिन्दू स्वयं सेवक संघ जिल्ला कार्यसमिति बर्दियाको आयोजनामा आज गुलरिया नगरपालिकाको परिसरमा भव्य रुपमा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा सम्पन्न गरिएको छ । 

मूलतः कलिका मन र मस्तिष्क भएका बालबालिकाहरुलाई हिन्दू धर्म, दर्शन र विज्ञानको ज्ञान दिने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगितामा ध्रुव माध्यमिक विद्यालय तुलसीपुरबाट सहभागी रुपेश चौधरीले प्रथम स्थान प्राप्त गरेका छन् । यसैगरी महाकवि लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयका निर्मल कुमार गुप्ता द्वितीय र जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाकी प्रश्ना सुवेदीले तृतीय स्थान प्राप्त गरेकी छन् । 


प्रथम स्थान प्राप्त गर्न सफल रुपेश चौधरीलाई पुरस्कार प्रदान गर्नुहुँदै भेरी कलेज अफ मेडिकल साइन्सका प्रवन्ध निर्देशक सुधाकर मिश्र …….

यसैगरी ने.रा.मा.वि. शम्भुशरण खैरापुरका विकास यादव, जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाबाट सुदिक्षा यादव, बबई बहुमुखी क्याम्पसबाट सुरज बञ्जारा, जनज्योति सेकेण्डरी बोर्डिङ स्कूल गुलरियाबाट रोहित गोडिया, भेरी कलेज अफ मेडिकल साइन्सबाट रुची कर्ण, बगलामुखी राधाकृष्ण थारु मा.वि. बाट राम कुमार चौधरी, शम्भुशरण मा.वि. खैरापुरका विकाश यादव, लिटिल हेवेन स्कूलबाट प्रिज्मा थारु, कोटही मा.वि.बाट कल्पना गोडिया र बगलामुखी राधाकृष्ण थारु मा.वि. बाट मनिषा गुप्ताले सान्त्वना स्थान प्राप्त गरेका थिए । सान्त्वना पुरस्कार प्राप्त गर्ने १० जनालाई नगद रु. ५ सय र प्रमाणपत्र प्रदान गरिएको थियो ।


पुरस्कृत विद्यार्थीहरु …………

प्रथम पुरस्कार नगद रु. ११ हजार भेरी कलेज अफ मेडिकल साइन्सका निर्देशक सुधाकर मिश्रले प्रायोजन तथा प्रदान गर्नुभएको थियो भने द्वितीय पुरस्कार रु. ७ हजार सुवास पोखरेल, तृतीय पुरस्कार रु. ५ हजार जनक यादवले प्रायोजन तथा प्रदान गर्नुभएको थियो । 

प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले पानसमा दीप प्रज्ज्वलन गरेर उद्घाटन गर्नुभएलगत्तै राष्ट्रिय गान गाएपछि परीक्षा शुरु गरिएको थियो । ठिक साडे १२ बजेदेखि शुरु गरिएको परीक्षा आधा घण्टासम्म सञ्चालन गरिएको थियो । 

गुलरिया नगरक्षेत्रका २० ओटा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयबाट कूल ४ सय १९ जनाको सहभागिता रहेको ज्ञान परीक्षामा २० जना शिक्षकहरु निरीक्षक र परीक्षकका रुपमा परिचालन गरिएको कार्यक्रम संयोजक प्रभात सुवेदीले बताउनुयो । उत्कृष्टहरुमध्येबाट पनि गोलाप्रथा गरेर अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने अवस्था आउनुले परीक्षाप्रति विद्यार्थीहरु निकै संवेदनशील भएको र यसमा सक्रीय रुपमा बडो चासोका साथ सहभागी भएको परीक्षा संयोजक गोविन्द ज्ञवालीले बताउनुभयो ।

स्वामी विवेकान्नद संस्कृत ज्ञान परीक्षामा सहभागी विद्यार्थीहरु …………………

प्रश्नहरुको सङ्ग्रहमा नेपालको भूगोल सम्बन्धी, इतिहास, संस्कार र परम्परा, हिन्दू जीवन दृष्टि, वेद उपनिषद्, रामायण, महाभारत, गीता, पुराण, भगवान् गौतम बुद्ध तथा वौद्ध धर्म सम्बन्धी, सांस्कृतिक विविधता, योग एवं आयुर्वेद, वैदिक काल गणना, विश्वव्यापि हिन्दू संस्कृति लगायतका विषयहरुमा समेटिएको संघका जिल्ला अध्यक्ष राजेन्द्र यादवले जानकारी गराउनुभयो । 

कार्यक्रमको पूर्वसन्ध्यामा जिल्ला शिक्षा अधिकारी ज्ञानमणी नेपालले विद्यार्थीहरुलाई शुभकामना दिनुभएको थियो । हिन्दू स्वयंसेवक संघका राष्ट्रिय सह सम्पर्क प्रमुख डा.दीपक कुमार अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा जिल्ला न्यायधिवक्ता, सुरक्षा निकायका प्रमुख, अभिभावकहरु, विद्यार्थीहरुको उल्लेख्य सहभागीता रहेको थियो । 

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थी भाइबहिनीहरुले निकै रोचक सांस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरेका थिए ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला