२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधी सुदुरपश्चिमलाई

२० माघ २०७४, शनिबार १४:४३


प्रज्वल पौडेल । माघ २०, रामेछाप ।

तेस्रो रामेछाप भलिबल तथा रामेछाप सिभिल भलिवल च्याम्पियनसिपको उपाधि सूदुरपश्चिमाञ्चल बिकास क्षेत्रले हात पारेको छ । शनिबार रामेछाप जिल्ला सदरमुकाम मन्थलीको जिल्ला समन्वय समितीको कोर्टमा भएको फाइनल खेलमा अन्तिम तथा निर्णायक सेटको खेल चलिरहदा शान्तीदीप युवा क्लबले खराव प्रकाशका कारण खेल्न नमानेपछि सूदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरीएको हो ।


शान्तीदीपले खेल त्याग्दा अन्तिम तथा निर्णायक सेटमा शूदुरपश्चिमाञ्चलले १२–९ को अग्रता लिएको थियो ।  त्यस अघि शान्तीदीपले पहिलो सेट र तेस्रो सेट क्रमसः २८–२६ र २५–२१ ले जितेको थियो भने शूदुरपश्चिमाञ्चलले दोस्रो सेट  १५–२५ तथा चौथो सेट १७–२५ ले जितेको थियो । 


आयोजकले बारम्बार मैदानमा प्रबेश गरी खेल्न अनुरोध गर्दा समेत शान्तीदीपका खेलाडी नमानेपछि आयोजकले रेफ्रिको सल्लाहमा शूदुरपश्चिमाञ्चललाई बिजयी घोषित गरेको हो । शूदुरपश्चिमाञ्चलले उपाधिसहित एक लाख ५० हजार प्राप्त गर्यो । शान्तिदीप युवा क्लबले एक लाखमा चित्त बुझायो । 


प्रतियोगितामा मन्थली यूनाटेड समाजले तेस्रो स्थान हात पा¥यो । शनिबारनै भएको खेलमा नेपाल लोकतान्त्रीक खेलकुद संघलाई बेष्ट अफ फाइभको अन्तिम सेटमा पराजित गर्दै मन्थली यूनाइटेडले तेस्रो स्थान पक्का बनाएको हो । 

मन्थली यूनाइटेडले लोकतान्त्रीक खेलकुद संघलाई २५–२२, १७–२५, २५–२३, २८–२५, १५ – ९ ले पराजित ग¥यो । तेस्रो स्थानसँगै मन्थली यूनाइटेडले ५० हजार प्राप्त ग¥यो भने चौथो लोकतान्त्रीकले ३५ हजारमा चित्त बुझायो ।

प्रतियोगितामा सूदुरपश्चिमाञ्चलका तारा भट्ट उत्कृष्ट खेलाडी घोषित भए । उनले १० हजार प्राप्त गरे ।

प्रतियोगितामा नेपाल लोकतान्त्रीक खेलकुद संघका मिलन मल्ल उत्कृष्ट स्पाइकर, मन्थली युनाइटेड समाजका राजकुमार थापा उत्कृष्ट ब्लकर, शान्तीदीप युवा क्लबका  घनस्याम चौधरी उत्कृष्ट सर्भर, सूदुरपश्चिमाञ्चलका दीनेश गिरी उत्कृष्ट सेटर, सूदुरपश्चिमाञ्चलका बिनोद चन्द उत्कृष्ट डिफेन्डर, सूदुरपश्चिमाञ्चलका अशोककुमार भट्ट उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट घोषित सबै खेलाडी र प्रशिक्षकले जनही पाच÷पाच हजार प्राप्त गरे ।

प्रतियोगिताका बिजेता टोली तथा खेलाडीहरुलाई रामेछाप जिल्लाबाट प्रतिनिधी सभा सदस्य निर्बाचित सांसद श्यामकुमार श्रेष्ठ, प्रदेश सभा सांसद शान्ती प्रसाद पौडेल, पुर्व सांसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य देवसंकर पौडेल, मन्थली नगरपालीकाका मेयर रमेशकुमार बस्नेत, रामेछाप जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष पुरुशोत्तम कडरीया लगायतले पुरस्कार बितरण गरेका थिए । 






प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य