२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछाप पुर्ण खोपयुक्त जिल्ला घोषणा

२०७४, २ फाल्गुन बुधबार १५:५६

कैलाश खत्री । फागुण २ गते, रामेछाप । रामेछाप जिल्ला नेपालको ३६ औ जिल्लाको रुपमा पुर्ण खोप जिल्ला घोषणा भएको छ ।  बुधबार रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार स्थित गौरिशंकर क्याम्पसको प्राङगणमा आयोजित एक कार्यक्रमका बिच प्रतिनिधि सभाका सांसद श्याम कुमार श्रेष्ठले पुर्ण खोपयुक्त जिल्ला भएको घोषणा गरेका हुन् ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रतिनिधि सभाका सांसद एवं पुर्व गृहराज्यमन्त्री श्याम कुमार श्रेष्ठले रामेछाप जिल्ला पुर्ण खोपयुक्त घोषणा हुनु स्वास्थ्य क्षेत्रको लागि ठुलो उपलब्धी भएको बताए । उनले जिल्लाका स्वास्थ्य संस्थाहरुलाई सुविधा सम्पन्न र स्तरीय सेवा दिन सक्ने बनाउन सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गरे । उनले भने -"नयाँ सरकार बनेसंगै स्वास्थ्य क्षेत्रका लागि थप बजेट र कार्यक्रम यस क्षेत्रमा ल्याउन पहल गर्छौ ।"

जिल्लाका ६ गाउँपालिका र २ नगरपालिका भित्रका जन्मेदेखी १५ महिना सम्मका बालबालिकाले लगाउनुपर्ने ११ प्रकारका खोपका मात्रा पुरा गरेकाले खोप सुनिश्चित भएको जिल्ला अस्पताल रामेछापका प्रमुख डा.प्रकाश प्रसाद साहाले जानकारी दिए ।  उनले भने – " रामेछापका ३ हजार २ सय ३४ खोप उमेर समुहका बालबालिकाले खोपको सबै मात्रा पुरा गरि सकेका छन् ।"

कार्यक्रममा प्रदेशसभाका सांसद शान्ति प्रसाद  पौडेल, जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्का , मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत , रामेछाप नगरपालिका प्रमुख नर बहादुर थापा मगरले मन्तव्य राखेका थिए ।उनीहरुले स्थानीय तहले स्वास्थ्य संस्थालाई गर्नुपर्ने सहयोगका लागि प्रतिवद्ध भएको बताए । कार्यक्रमका अवसरमा ६ वटा गाउँपालिका २ नगरपालिका र स्वास्थ्य क्षेत्रमा काम गर्ने  विभिन्न संघ संस्थाहरुलाई पुर्ण खोप सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरिएको थियो । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने