२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछाप उमाकुण्ड वाम्तीभण्डार सांस्कृतिक महोत्सव २०७४ को तयारी पुरा

२०७४, २२ फाल्गुन मंगलवार ०७:०४

प्रज्वल पौडेल । फाल्गुण २२, काठमाण्डौ

रामेछाप जिल्लास्थित उमाकुण्ड गाउँपालिकाको वाम्तीभण्डारमा हुन
लागेको सांस्कृतिक महोत्सव २०७४ को तयारी पूरा भएको छ । रामेछाप सांस्कृतिक कलाकार
समाजको आयोजनामा उमाकुण्ड गाउँपालिका र नव वाम्तीभण्डार बहुउद्देश्यीय सहकारी
संस्थाको सहकार्यमा फागुन २४ र २५ गते सांस्कृतिक महोत्सव हुन लागेको हो ।

रामेछापको शान, कला र संस्कृति हाम्रो पहिचान उमाकुण्ड
वाम्तीभण्डारलाई पर्यटन प्रबर्द्धनका लागि हाम्रो अभियान
, भन्‍ने नाराका साथ महोत्सव गर्न लागीएको आयोजकले
जनाएको छ ।



स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको उपस्थितिले कला, साहित्य र संस्कृतिलाई फैलाउन महोत्सव आयोजना
गरिएको रामेछाप सांस्कृतिक कलाकार समाजका अध्यक्ष प्रकाश कटुवालले साझा सबाललाई
जानकारी दिनुभयो । उहाँले भन्नुभयो -"महोत्सवमा रेशम थापा
, रोज मोक्तान, मरिचमान श्रेष्ठ  (बल्छी
ध्रुवे) 
, रमेश दुलाल (कागे), सिता थापा, सिर्जु
अधिकारी
, सुशान्त कार्की लगाएतका राष्ट्रिय तथा स्थानीय
प्रतिभावान् कलाकारहरुले विभिन्‍न विधामा रहेर मनोरञ्‍जन दिनेछन् ।"

उहाँले जिल्लामा राष्ट्रिय कलाकार सहभागी गराएर ग्रामीण भेगमा कार्यक्रम गर्न
आर्थिक रुप तथा भौतिक स्राेत र साधनमा ठूलो चुनौती भएपनि विभिन्‍न स्थानीय तह
, सङ्घ सस्था, समाजसेवी, कलाकर्मीको सहकार्यले कार्यक्रम सफल हुने
विश्वास व्यक्त गर्नुभयो ।



यसपटक उमाकुण्ड गाउँपालिकाबाट सूरु भएको महोत्सब आगामी दिनमा
जिल्लाका अरु गाउँपालिका तथा नगरपालीकामा पनि संचालन गर्ने लक्ष्य राखिएको समाजका
उपाध्यक्ष रामकुमार पौडेलले साझा सबाललाई जानकारी दिनुभयो । उहाँले भन्‍नुभयो-" सदरमुकाम मन्थलीमा रामेछाप उद्योग वाणिज्य संघसँग सहकार्य गरेर महोत्सब गर्ने
तयारी भएपनि यस बर्ष गर्न नसकिने जानकारी प्राप्त भएपश्चात उमाकुण्ड गाउँपालिकासँग
सहकार्य गरेर समाजले आफ्नै सक्रियतामा तयारी गरिएको हो । सांस्कृतिक महोत्सवहरुले
जिल्लाको आर्थिक
, सामाजिक, सांस्कृतिक
र पर्यटन प्रवर्द्धनको विकासमा योगदान पुर्याउने विश्वास छ । "

कलाकार समाजमा आवद्ध कलाकार र राष्ट्रिय स्तरका ख्याति प्राप्त
कलाकारको टोली बुधबार काठमाण्डौबाट रामेछापको वाम्तिभण्डार प्रवेश गर्ने कटुवालले
बताउनुभयो । रामेछाप जिल्लामा जन्मिएर अहिले विभिन्न क्षेत्रमा रहेका कलाकारको
प्रतिभा समेत स्थानीय नागरिकले हेर्न र सुन्‍न पाउने उनीहरुको दाबी छ ।

महोत्सवमा विभिन्‍न जातजातिको मौलिक झाँकि, रामेछाप जिल्लामा उत्पादित बस्तुहरुको स्टल
अबलोकन
, पर्यटकिय स्थलका दृश्यहरु लगायत विभिन्न आकर्षक
कार्यक्रमहरु संचालन हुनेछन् । कार्यक्रममा जिल्लाका सांसद लगाएत विशिष्ट
व्यक्तिहरुको पनि सहभागिता रहनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने