२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

पत्रकार नवराज श्रेष्ठको नेतृत्वमा फोनिज रामेछापको नयाँ कार्यसमिति गठन

२०७४, ५ चैत्र सोमबार १३:३५

प्रज्वल पौडेल । फागुन ५, रामेछाप । रामेछापमा नवराज श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) गठन भएको छ । सदरमुकाम मन्थलीमा सोमबार भएको प्रथम जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको हो ।  नवगठित संघको उपाध्यक्षमा सम्झना श्रेष्ठ, सचिवमा तिर्थमाया तामाङ, सह सचिवमा निरोज श्रेष्ठ र कोषाध्यक्षमा कुमार श्रेष्ठ रहेका छन् । त्यसैगरी प्रसान्त हायु , अनिता थापा मगर , सुमित्रा तामाङ र प्रविन तामाङ फोनिज रामेछापको सदस्य बनेका छन् । अधिवेशनले पत्रकार सुमित श्रेष्ठ , युनिक विफा घिसिङ र ज्ञानु श्रेष्ठ केन्द्रिय पार्षद बनाएको छ भने प्रदेश पार्षदमा युवराज श्रेष्ठ , शान्ता श्रेष्ठ र तुल्सीदेवी श्रेष्ठ चयन भएका छन् ।


पदभार ग्रहणपछि  साझासबालसँग कुराकानी गर्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले आदिवासी जनजातिका मुद्दासँगै समग्र नेपाली पत्रकारिताको हितमा संगठनले काम गर्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो- " सरोकारवाला सबैसँग सहकार्य गरेर फोनिजलाई अगाडि बढाउने छु । सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी जनजाति पत्रकारहरुको क्षमता विकासका लागि पहल गर्छु ।" 

श्रेष्ठ नेपाल पत्रकार महासंघ रामेछाप सचिव समेत रहेका छन् । जिल्लामा जनजातिहरुको हकहित अधिकारका निम्ति आवाज बुलन्द बनाउने पदाधिकारीहरुको भनाइ रहेको छ । 


फोनिज रामेछाप तदर्थ समितिका अध्यक्ष सुमित श्रेष्ठको अध्यक्षता र नेपाल पत्रकार महासंघ जिल्ला शाखा रामेछापका अध्यक्ष रमेश ढुङ्गेलको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटनसत्र भएको थियो ।कार्यक्रममा पूर्व अध्यक्ष नवराज पथिक , प्रेस चौतारी नेपाल रामेछापका उपाध्यक्ष कैलाश खत्री , प्रेस युनियन रामेछापका अध्यक्ष बद्रि नयाँघरे र संचारीका समुह रामेछापका अध्यक्ष शान्ता श्रेष्ठ लगाएतले शुभकामना दिएका थिए । उनीहरुले फोनिजले सबैसँग समन्वय गरेर पत्रकारहरुको वृद्धिविकासमा ध्यानदिनुपर्नेमा जोड दिएका थिए । जिल्लामा पत्रकारहरुको हकहितका लागि काम गर्ने संस्थासँग सहकार्य गरेर फोनिज अगाडि बढ्नुपर्ने उनीहरुको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने