२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेख: किसानको बारी जोत्न पुगे गाउँपालिका अध्यक्ष

६ चैत्र २०७४, मंगलवार २०:४५

चैत ७, सुर्खेत । तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् । तर दैलेखको गुराँश गाउँ पालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिपरेका छन् । गुराँस गाउँपालिका वडा नं ४ का किसान धनबहादुर हिरोजकको बारी अध्यक्ष वललीले सोमबार जोतेका हुन् ।

‘आफूले अर्गानिक कृषि उत्पादन बढाउन विभिन्न योजना बनाइरहेको हुँदा खेतीतर्फ किसानलाई आकर्षित गराउन खेत जोत्न गएको हुँ,’ उनले भने, ‘म आफैँ किसानको छोरो पनि भएकाले खेती गरी समृद्ध गाँउपालिका बनाउन आव्हन गर्ने योजना मुताबिक दलित समुदायका हिरोजकको बारीमा पुगेको थिएँ ।’चुनावताका मात्रै सस्तो लोकप्रियताका लागि खेतमा गई फोटो खिचाउनेतर्फ भन्दा पनि अब चुनाव जितिसकेपछि  पनि जनतासँग हातेमालो गर्न सके देश बनाउन सकिने उनको भनाइ छ ।

यता, कृषक हिरोजक गाँउपालिकाका अध्यक्ष नै आफ्नो बारी जोत्न आएपछि दंग परेका छन् । ‘अरु जनप्रतिनिधि हातमा माटो लाग्छ कि भनेर जोत्न नगएका बेला उहाँ आएर मेरो बारी जोत्नुभयो,’ उनले भने, ‘कृषि पेशालाई सम्मान गर्ने अध्यक्ष पाएका रहेछौं ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा