पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ७, सुर्खेत । तपाईंले चुनावका बेला विभिन्न राजनीतिक दलका उम्मेदवारहरू जनताको बारीमै गएर हलो जोत्ने र फकाउने गरेको दृश्य त देख्नुभएकै होला । चुनावका बेला हलो जोत्ने, धान काट्ने, दाईं हाल्ने नेताहरू अहिले त शहरतिरै छन् । तर दैलेखको गुराँश गाउँ पालिकाका अध्यक्ष खेमराज वली भने किसानको खेत जोत्न लागिपरेका छन् । गुराँस गाउँपालिका वडा नं ४ का किसान धनबहादुर हिरोजकको बारी अध्यक्ष वललीले सोमबार जोतेका हुन् ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/f6a2536de8860021c0b323f703486f421521578725.jpg" style="width: 722px; float: left;">‘आफूले अर्गानिक कृषि उत्पादन बढाउन विभिन्न योजना बनाइरहेको हुँदा खेतीतर्फ किसानलाई आकर्षित गराउन खेत जोत्न गएको हुँ,’ उनले भने, ‘म आफैँ किसानको छोरो पनि भएकाले खेती गरी समृद्ध गाँउपालिका बनाउन आव्हन गर्ने योजना मुताबिक दलित समुदायका हिरोजकको बारीमा पुगेको थिएँ ।’चुनावताका मात्रै सस्तो लोकप्रियताका लागि खेतमा गई फोटो खिचाउनेतर्फ भन्दा पनि अब चुनाव जितिसकेपछि पनि जनतासँग हातेमालो गर्न सके देश बनाउन सकिने उनको भनाइ छ ।<br></p><p>यता, कृषक हिरोजक गाँउपालिकाका अध्यक्ष नै आफ्नो बारी जोत्न आएपछि दंग परेका छन् । ‘अरु जनप्रतिनिधि हातमा माटो लाग्छ कि भनेर जोत्न नगएका बेला उहाँ आएर मेरो बारी जोत्नुभयो,’ उनले भने, ‘कृषि पेशालाई सम्मान गर्ने अध्यक्ष पाएका रहेछौं ।’</p>

