२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

रामेछापको पकरबासमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना

२०७४, ११ चैत्र आईतवार १५:१६

प्रज्वल पौडेल । चैत्र ११, रामेछाप ।

रामेछापको खाडादेवी गाउँपालिका ४ मा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना भएको छ । आइतबार पकरबास पौवाडाँडामा गाउँपालिकाकि उपप्रमुख मखमली श्रेष्ठले एक कार्यक्रमका वीच सामुदायिक स्वास्थ्य ईकाइको उद्घाटन गर्नुभएको हो ।


कार्यक्रमलाइ सम्बोधन गर्दै उपाध्यक्ष श्रेष्ठले स्वास्थ्य सेवाको पहुँच बढाउनका लागि स्थापना गरिएकाले सामुदायिक स्वास्थ्य ईकाइ प्रभावकारी हुने बताउनुभयो । श्रेष्ठले सहज रुपमा स्वास्थ्य सेवा पाउनबाट वञ्चित सर्वसाधारणलाई लक्षित गरी सञ्चालनमा ल्याइएको बताउनुभयो । 

मनपा स्वास्थ्य शाखा प्रमुख केशबराज फूयाँलले सामुदायिक स्वास्थ्य एकाइ स्वास्थ्य चौकीको सानो रुप भएको बताउनुभयो । ठूलो र विकट भूगोल भएका कारण साविकका स्वास्थ्य संस्थामा सबैको पहुँच थिएन यस इकाइको स्थापनाले स्वास्थ्य सेवा पाउनबाट कोही पनि वञ्चित हुनु नपर्ने धारणा राख्नु भयो । 

संघीयता सँगै स्थानीय तह निर्माणको क्रममा साविकको स्वास्थ्य चौकी अर्को वडामा परेपछि स्थापनाका लागी पहल भएको थियो ।  सरकारले प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीको पहुँच बाहिर रहेका क्षेत्रमा स्वास्थ्य एकाइ स्थापना गर्दै आएको छ । यस्ता एकाइहरु साविकमा रहेका स्वास्थ्य संस्थामा आउन टाढा हुने र ठूलो भूगोलमा बसोबास गर्ने सर्वसाधारणलाई लाभदायी बन्ने गरेको छ । स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि वडाका स्थानीय बासिन्दा हर्षित भएको स्थानीय रामहरी कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा वडा अध्यक्ष धनबहादुर मानन्धर , स्वास्थ्य स्वयमसेविका लगाएत स्थानीयको सहभागिता रहेको थियो ।




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने