2026-09-15 01:08 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बझाङ: लाखौं लगानीमा वनेको अस्पताल कवाडीमा परिणत

टेकेन्द बोहरा | वैशाख ६, बझाङ | बझाङको छविस पाथिभेरा गाउँपालिकामा  विदेशी दाताको सहयोगमा स्थापना भएको जिल्ला कै दोस्रो सुविधा सम्पन्न अस्पतालमा कर्मचारी अभावमा ३ वर्ष देखी बन्द भएको छ । अस्पताल बन्द भए पछि झण्डै एक करोड भन्दा बढी मुल्यका संरचना र उपकरणहरु समेत तोडफोड भएर काम नलाग्ने अवस्थामा पुगेक छन ।

साबिकको मटेला गाविसको जिउली गाउँ स्थित डोब्रा सामुदायिक अस्पताल बेवारिसे भए पछि भवनका झ्याल ढोकाहरु तोडफोड भएका छन । भित्र रहेका उपकरणहरुमा पनि क्षति पुगेको छ ।  अस्पतालमा रहेका उपकरणहरु लाखौं मुल्य पर्ने एक्सरे मेसिन, जेनेरेटर, बेड, टेबुल, कुर्षि, उपचारका औजारहरु खिया लाग्ने अवस्थामा छन ।  

बचे खुचेको औसधी पनि सडेको छ । कोठा भित्रका फर्निचर र उपकरणहरु धुलाम्मे छन । झट्ट हेर्दा अस्पताल कवाडी भण्डार जस्तो देखिन्छ । भाडेवगर जयपृथ्वी नगर सडक खन्दा डोजरले अस्पतालको आगनको डिल ताछे पछि अस्पतालका ४ वटा मध्य एउटा भवन चर्किएर भत्किनै लागेको छ भने दुइवटा अरु भवन पनि जोखिममा छन । 

माथिको तश्विरमा: डोब्रा अस्पतालको भवनको सडकले क्षती ग्रस्त वनाएको भाग र जोखिममा रहेका भवनहरु । 

‘केटाकेटी र गोठालाहरुको खेल्ने ठाउँ भएको छ ।’ स्थानिय शान्ती रेग्मीले भनिन ‘जसले जे गरे पनि कसैलाई मतलब छैन । हुदा हुदां घर पनि काम नलाग्ने भैसक्यो’ स्थानिय स्तरमा गुणस्तरिय सेवा दिइ रहेको अस्पताल हेर्दा हेर्दे खतम भएको उनले बताइन । 

‘जङ्गल छेउमा भएको हुदा पशु चौपायाको चरन स्थल र केटाकेटीको खेल्ने ठाउँ भएको छ ।’ व्यासीकी सर्मिला थापाले भनिन । ‘पहिला विरामी पर्दा घर नजिकै उपचार पाइएला भनेर पेटमा पटुका कसेर श्रमदान गर्यौ अहिले अस्पतालको हालत यस्तो छ ’

२०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार साविक ब्याँसी गाउँ विकास समितिको ७० हजार, मटेला गाउँ विकास समितिको ३ लाख  र स्थानियको ५० लाख भन्दा बढी जनश्रमदान बाट निर्माण भएको थियो ।  

राष्ट्रिय योजना आयोगले हेल्थ असिस्टेन्ट तिन जना्,  अनमी एक जना  र दुई जना अहेब पदका स्वयंसेवक कर्मचारी खटाए पछि यो अस्पताल ४ वर्ष जति संचालनमा आएको थियो । ‘स्वयंसेवकहरुको अवधी सकिए पछी उनिहरु फर्किएनन । अरु कर्मचारीको व्यवस्था गर्न सकिएन’  अस्पताल व्यवस्थापन समितिका सचिव खड्क रावलले भने ‘कर्मचारी खटाई दिनका लागी धेरै ठाउँमा पहल गर्यौ । कतैबाट सहयोग भएन’ 

आफुहरुले जिल्ला र केन्द्र स्तरमा अस्पताल संचालनका लागी पटक पटक पहल गरे पनि कतैवाट वास्ता नगरिएको पछि आफुहरुले सहयोगको लागी पहल गर्नै छोडेको उनले बताए । 

माथिको तश्विरमा: धुलाम्मे बेड र जापान सरकारको स्टिकर लागेका उपकरणहरु |  

अस्पताल बन्द् भएपछि छविस पाथिभेरा र दुर्गाथली गाउँपालिका क्षेत्रका साविकका आठओटा गाविसका वासीन्दालाई सामान्य उपचारका लागि सदरमुकाम र बाहिरी जिल्ला धाउनु पर्ने बाध्यता रहेको र आपतकालिन उपचार नपाएर कतिपयले ज्यान गुमाइ सकेको उनले वताए । 

व्यवस्थापन समितिका पदाधिकारीले यस्तो वताए पनि व्यवस्थापन समितिको कमजोरीका कारण अस्पताल वन्द हुन पुगेको स्थानियहरुको आरोप छ । अस्पताल बन्द भए पनि भौतिक संरचना र उपकरणको सुरक्षामा समितिले व्यवास्ता गरेको स्थानियको भनाई छ । 

अस्पताललाई पुनसंचालनमा ल्याउनका लागी गाउँपालिकाले पहल गर्ने सोच बनाएको छविस पाथिभेरा गाउँपालिकाका अध्यक्ष अक्कल धामीले बताए । उनले अस्पताल व्यवस्थापन समितिसँग छलफल गरे पछि अस्पताललाई आवश्यक पर्ने जनशक्तीको व्यवस्थापन गरिने बताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ