२०८३, ११ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बल परिक्षण गर्न खेल

२०७५, १८ जेष्ठ शुक्रबार ०४:२६

रेशमराज रोकाया | जेठ १८, हुम्ला | परम्परागत रुपमा हुम्लाका वासिन्दाले को बलियो भन्ने परिक्षण गर्न विभिन्न खेलको आयोजना गर्ने गरेका छन् । हरेक गाउँघरको पुरुष र महिला मध्येका युवा युवतीको बल परिक्षण गर्न खेल आयोजना हुने गरेको छ । जिल्लामा मनाईने विभिन्न चाडपर्वको अवसरमा यस्तो परिक्षण गर्ने गरिएको छ । 

नाम्खा गाउँपालिकाको वडा नं. १ लेक धिँगाका वासिन्दाले गाउँकै बलियो युवा छान्नको लागि हरेक वर्ष विभिन्न खेल आयोजना गर्ने गरेका छन् । हरेक वर्ष मनाईने जेष्ठ १५ गते लाप्सोल पुजाको अवसरमा यस्तो खेल आयोजना गर्ने गरिएको छ । लामा भाषामा लाप्सोलको अर्थ वनदेवता भन्ने बुझिन्छ । गारापारी र लेक धिँगाका करिब ५ सय वासिन्दाको उपस्थितीमा ढँगा उठाउने, डोरी तान्ने र घोडा दौड आयोजना गर्ने गरिएको छ । यस्ता खेलबाट गाउँमा उपलव्ध भएका पुरुषहरुको विचमा घोडा दौड, डोरी तान्ने र ढुँगा उठाउने खेल खेलाईन्छ भने महिलालाई डोरी तान्ने खेलको आयोजना गर्ने गरिएको छ । यस्तो खेल हुम्ला जिल्ला भरीमा यहिँ मात्र आयोजना हुने गरेको छ । 

खेलमा गाउँभरीका युवा युवतीको सक्रिय सहभागिता रहने गरेको छ । विहान लेक धिँगाको गाउँको पूर्व पश्चिम दिशाको ठूलो पहाडमा रहेको लाप्सोल अर्थात वन देवतालाई फापरको पिठोले पुजा गरि सकेपछि यस्तो खेलको आयोजना गर्ने गरिएको छ । यो गाउँमा परम्परा देखी नै फापरको खेती प्रशस्त गर्ने गरिन्छ भने गाउँका वासिन्दाको लागि फापरले ठूलो महत्व राख्ने गरेको पाईन्छ । सोही क्षेत्रको फाँटमा रहेका जग्गा र जमिनमा फापर राम्रो होस् भन्नका लागि वन देवतालाई पुजा गर्ने प्रचलन रहेको छ । पुजा गरिसकेपछि त्यस क्षेत्रको फापर राम्रो फस्टाउने जनविश्वास रहेको छ । गाउँको पूर्व पश्चिममा रहेको च्योछ्योमो अर्थात वन देवतालाई लाप्सोल अर्थात वन देवताको पुजा गर्ने यो गाउँको रैथाने परम्परा नै हो । यसको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्नको लागि गाउँका युवा हाल सम्म लागि परेका छन् ।


पुजाको लागि २०औं वर्ष पहिले बोका चढाईने भएको भएता पनि गुम्बाको रिम्पोछेले बोका चढाउने काम पाप भएको भन्ने ठहर पछि हाल फापरबाट बनेका परिकारले मात्र वन देवतालाई पुजा गर्ने गरिएको छ । सोही दिन लामा समुदायको पर्वमा प्रचलित पेय पदार्थ छ्याँग पनि फापरको रोटी बाट नै बनाएर पिउने प्रचलन रहेको छ । साथै फापरको पिठोलाई लेदो बनाएर छ्याँगमा मिसाएर गाउँका सबैले पिउने प्रचलन समेत यो पर्वमा रहेको छ । 

यस वर्षको बल परिक्षणमा गाउँकै बलियो स्थानिय देवी लामा हुन सपल हुनु भएको छ । करिब १ सय ५० किलोको ढुँगालाई लामाले ५३ फिट १० ईन्च दुरी पार गरि प्रथम हुन सफल हुनु भएको छ । भने डोरी तान्ने खेलमा स्थानिय सुनाग्याज्लन लामाको समूहले जिते हासिल गरे । डोरी तान्ने खेलमा खेल मैदानको एकातिर ३ जना महिला र एकातिर २ जना पुरुष खेलाडी सहभागि हुने गरेका छन् । डोरी तान्ने खेलमा महिलाले जित हाल पार्न सफल भएमा त्यस क्षेत्रको अन्नबाली सप्रने र राम्रो हुने जनविश्वास समेत रहेको छ ।  विजेता भएका खेलाडीलाई गाउँका सबैले बधाई अर्पण स्वरुप टाउकोमा घिउको टसी र घाँटीमा खादा ओढाउने चलन समेत रहेको छ । 

हरेक घर धुरीबाट एक ठुलो भाँडो भरी फापरको पिठो मिस्रित छ्ँयाँग ल्याए पछि गाउँका सबै महिला पुरुषले एकै ठाउँमा भेला भएर सोही परिकार बाँडेर खाने चलन रहेको छ । दिनभरी जसो सार्वजनिक ठाउँमा गाउँका सबै भेला हुने चलन छ । गाउँमा भएका यस अघिका मनमोटाव र झैझगडा भए त्यही दिन लेक धिँगा सुधार समितिको वैठक बसी समाधान गर्ने समेत चलन रहेको छ । सुन्दर बस्ती, पहाडको फेदीमा फराकिलो परेको फाँट, २ हजार मिटर तल फेरी ठूलो अजंगको भिरको खोँचमा परेको हुम्लाकैे अत्याधिक रमणिय बस्ती हो । वर्षा याममा यहाँ गाउँका सबै चौंरीको खर्कको रुपमा प्रयोग हुने बस्तीमा आलु र फार अत्याधिक खेती गरिन्छ । हुम्लाकै अति मिठो फापर र आलु यसै बस्तीमा फलाउने गरिन्छ ।


माथिको तश्वीरमा: घोडा दौडमा प्रतिष्पर्धा गर्दै स्थानिय र १ सय ५० के.जी. ढुँगा उठाएर विजेता भएका देवी लामा । तश्विर: रेशमराज रोकाया 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा