2026-09-03 05:27 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

डोल्पा: बजार सरसफाइमा वडा अध्यक्ष निष्कीएपछि…

टेकबहादुर शाही | जेष्ट २६, दुनै | वडा अध्यक्ष नै बजार सरसफाइमा निष्किएपछि सर्वसाधारण अचम्म मानेका छन । डोल्पाको ठुलीभेरि नगरपालिका ३ का वडा अध्यक्ष अर्णबहादुर न्यौपाने सरसफाइ सप्ताहको अबसरमा आफै दुनै बजार सरसफाइमा कुचो लिएर निष्कीएपछि सर्वसाधारणले मुखामुख गरेका थिए । 

बिहानै बडा अध्यक्ष न्यौपाने सबैलाइ सरसफाइमा जुट्न आग्रह गर्दै बजारमा हातमा कुचो लिएर हतारीदै थिए राम्रो कुराको सूरुवात गरेछन केहि स्थानीयहरु बाटोमा कुरा गर्दै थिए । सरसफाइ सप्ताहमा सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीहरु सक्रियताका साथ सरसफाइ अभियानमा लागेपछि अभियान सफल पार्न स्थानीयलाइ जागरुक गर्दै आफै अभियानमा निष्किएको वडा अध्यक्ष न्यौपानेले बताए । 

घरआगन सफा र स्वच्छ राखौ भन्ने जनचेतना फैलाउदै जिल्ला खानेपानि तथा सरसफाइ स्वच्छता समन्वय समितिले सरसफाइ सप्ताहलाइ बिशेष जोड दिएको निमित्त सव डिभिजन प्रमुख केबलकुमार खत्तिवडाले बताए । उलने भने गैर सरकारी कार्यालयहरुको निकै ठुलो सहयोग छ तर यस पटक वडाका जनप्रतिनिधिनै सक्रिय भएपछि अझै प्रभाबकारी हुने आसामा छौ । 

अभियानको क्रममा सरसफाइ गर्न कुनै समस्या नभएको तर स्थानीयनै सक्रिय हुनु पर्ने बातावरणिय कृषि तथा बिकास केन्द्र (केड) थिम कोर्डिनेटर धारणा बुढाथोकीले बताएन । उनले भनिन घरआगन सफा,स्वच्छ राख्नु पर्छ भन्ने कुराको जनचेतना स्थानीयमा अझै नपुगेकाले जनप्रतिनिधिले बिशेष भुमिका खेल्नु पर्ने बताइन । 

हरेक दिन घरबाट निष्कने फोहोर ब्यवस्थापन गर्न नसकेपछि दुनै बजार फोहोर खेखिएको हो । घर,होटेल तथा पसलबाट निष्कने फोहोर ब्यवस्थापनका लागि डम्पीङ साईडको ब्यवस्था गरे पश्चात मात्रै सहज हुने नगारिक समाजका अगुबा योगेन्द्र बुढाले बताए । उनले भने फोहोर जम्मा गरेर फाल्ने कुनै ठाउनै नभए पछि जताततै फोहोर बढ्न थालेको र फोहोर संकलन तथा ब्यवस्थापन केन्द्रको ब्यवस्था नगरे दैनिक सफा गरेर कुनै उपलब्धी नहुने दावी गरे । 

दुनै बजारका मुख्य सडकहरु अभियान कर्ताले सरसफाइ गरेपनि वरिपरिका सड्क तथा आगनहरु फोहोरले भरिभराउ भएका छन । टोल तथा बजार सरसफाइका लागि हरेक क्षेत्रमा टोल सुधार समिति गठन गरि सरसफाइलाइ बिशेष जोड दिने वडा अध्यक्ष अर्णबहादुर न्यौपानेले बताए । उनले भने घर तथा आगन सफा भएन भने सबै क्षेत्रमा प्रभाब पार्छ बिकास मात्र हैन सरसफाइ पनि मेरो प्राथमिकतामा छ । 

हरेक क्षेत्रमा सुधार हुनको लागि स्थानीयको महत्वपूरर्ण भुमिका हुने भएकोले स्थानीय नै जागरुक हुनु पर्ने नेपाल रेडक्रस सोसाइटिका जिल्ला संयोजक टेकम ओलीले दावी गरे । उनले भने यहाका स्थानीयले त सरसफाइ अभियानमा गएका टोलिलाइ मेरो घरको यता पट्टि फोहोर धेरै छ भनेर सिकाउदै तिमिहरुको काम हो फोहोर उठाउने भनेर उल्टै गालि गर्ने गरेको आरोप लगाए । अपनत्वको भावना र सकारात्मक सोचको कमि छ स्थानीयमा ओलीले थपे । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही