२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१५ वर्षिया सुनिताको लेख, सोच्नै पर्ने जीवन र ईन्टरनेट

२८ असार २०७५, बिहीबार ०७:११

प्रेम सुनार/असार–२८, बुटवल। भर्खर  १५  वर्षको उमेरमा पाईला टेकेकी अर्घाखाँचीकी  सुनिता थापाले आफुले आबेशमा ज्यान हाले पनि उनि जस्तै नयाँ पिढीलाई अहिलेको आबश्यकता बारे अभिभावकको ध्यान गहिरो संग दिएर यो दुनियाँबाट विदा भएकी छन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–५ खिल्जीकी सुनिता थापाले हिजो आमाले मोवाईलमा ईन्टरनेट चलाउन नदिएको झोंकमा कोठामा चुक्कुल लगाए झुण्डिएर आत्मा हत्या गर्नुले सारा अभिभावकहरुलाई शिक्षा दिनु हो । 


सायद उनका पनि पलपलमा  संगै रहनु पर्ने साथी थिए होलान । यस घटनाले यसै समाचारदातालाई पनि गम्भीर बनाएको छ । मेरो छोराले पनि केहि महिना अघि त्यस्तै हर्कत गरेको थियो । उसको मम्मीले मोवाईले खोसेर राखीदिए पछि उसले उप्त मोवाईल खोसेर फुटाई दिएर मर्छु भनेको थियो । उसले टिभी समेत फुटाई दिएको थियो । नयाँ पिढीको नसा विगतमा गाँजा चरेस भन्दा बढि अहिले ईन्टरनेट बन्न पुगेको सुनिताको यो पछिल्लो घटनाले स्पष्ट हुन्छ । 

यो लत  युवा पिढीलाई अध्यानका लागि हानिकारक देखिए पनि त्यसलाई कम गराउन अभिभाकहरुले सुनिताकी आमाले जस्तो कठोर निर्णय गर्नु भन्दा ललाई फकाई गर्नु पर्ने शिक्षा मिलेको छ । हिजोको पिढीले भोक लाग्दा र घरमा कोही नहुँदा डाँडाबाट आमा… बा…. गर्दै चिच्चाएर बोलाउनु पर्दथ्यो र पनि पुगेकै थियो तर अहिले ईन्टरनेट एक देखि  अर्को कोठा सम्मको आफन्त खोज्दा आवश्यक माध्यम बनेको छ ।

न सायद सुनिताको पनि कोही मन मिल्ने साथी वा प्रेमीसंग तत्काल सम्पर्क रहनै पर्ने थियो कि र उनी तनावमा आएर आत्मा हत्या गरिन ? यसवारे मनोविज्ञान अभिभावकले बुझ्ने कि ? सुनिता सानै छँदा उनका वावुको मृत्यु भएको रहेछ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले दिएको जानकारी अनुसार उनले लेखेको सुसाईट नोटले धेरैको मन छोएको छ । जुन नोटमा लेखिएको छ – मैले सानोमा बावालाई देख्न पाईन । आमालाई पनि शान्ति दिन सकिन– देख्दै नदेखेको बावालाई अन्तिम सासमा आईलभ यु ड्याडी.. आईलभ यु ड्याडी…. लेख्दा कसको मन नछोला र ? यसर्थ जिवन र ईन्टरनेट एउटै बनिरहेको नयाँ पिढीलाई अभिभावकबाट कठोर निर्णय होईन नियन्त्रणमा सन्तुलन उपाय खोज्न यस घटनाले शिक्षा दिएको छ । यसलाई अवल्म्वन गरौं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…