२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

१५ वर्षिया सुनिताको लेख, सोच्नै पर्ने जीवन र ईन्टरनेट

२०७५, २८ असार बिहीबार ०७:११

प्रेम सुनार/असार–२८, बुटवल। भर्खर  १५  वर्षको उमेरमा पाईला टेकेकी अर्घाखाँचीकी  सुनिता थापाले आफुले आबेशमा ज्यान हाले पनि उनि जस्तै नयाँ पिढीलाई अहिलेको आबश्यकता बारे अभिभावकको ध्यान गहिरो संग दिएर यो दुनियाँबाट विदा भएकी छन । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–५ खिल्जीकी सुनिता थापाले हिजो आमाले मोवाईलमा ईन्टरनेट चलाउन नदिएको झोंकमा कोठामा चुक्कुल लगाए झुण्डिएर आत्मा हत्या गर्नुले सारा अभिभावकहरुलाई शिक्षा दिनु हो । 


सायद उनका पनि पलपलमा  संगै रहनु पर्ने साथी थिए होलान । यस घटनाले यसै समाचारदातालाई पनि गम्भीर बनाएको छ । मेरो छोराले पनि केहि महिना अघि त्यस्तै हर्कत गरेको थियो । उसको मम्मीले मोवाईले खोसेर राखीदिए पछि उसले उप्त मोवाईल खोसेर फुटाई दिएर मर्छु भनेको थियो । उसले टिभी समेत फुटाई दिएको थियो । नयाँ पिढीको नसा विगतमा गाँजा चरेस भन्दा बढि अहिले ईन्टरनेट बन्न पुगेको सुनिताको यो पछिल्लो घटनाले स्पष्ट हुन्छ । 

यो लत  युवा पिढीलाई अध्यानका लागि हानिकारक देखिए पनि त्यसलाई कम गराउन अभिभाकहरुले सुनिताकी आमाले जस्तो कठोर निर्णय गर्नु भन्दा ललाई फकाई गर्नु पर्ने शिक्षा मिलेको छ । हिजोको पिढीले भोक लाग्दा र घरमा कोही नहुँदा डाँडाबाट आमा… बा…. गर्दै चिच्चाएर बोलाउनु पर्दथ्यो र पनि पुगेकै थियो तर अहिले ईन्टरनेट एक देखि  अर्को कोठा सम्मको आफन्त खोज्दा आवश्यक माध्यम बनेको छ ।

न सायद सुनिताको पनि कोही मन मिल्ने साथी वा प्रेमीसंग तत्काल सम्पर्क रहनै पर्ने थियो कि र उनी तनावमा आएर आत्मा हत्या गरिन ? यसवारे मनोविज्ञान अभिभावकले बुझ्ने कि ? सुनिता सानै छँदा उनका वावुको मृत्यु भएको रहेछ । अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले दिएको जानकारी अनुसार उनले लेखेको सुसाईट नोटले धेरैको मन छोएको छ । जुन नोटमा लेखिएको छ – मैले सानोमा बावालाई देख्न पाईन । आमालाई पनि शान्ति दिन सकिन– देख्दै नदेखेको बावालाई अन्तिम सासमा आईलभ यु ड्याडी.. आईलभ यु ड्याडी…. लेख्दा कसको मन नछोला र ? यसर्थ जिवन र ईन्टरनेट एउटै बनिरहेको नयाँ पिढीलाई अभिभावकबाट कठोर निर्णय होईन नियन्त्रणमा सन्तुलन उपाय खोज्न यस घटनाले शिक्षा दिएको छ । यसलाई अवल्म्वन गरौं । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने