Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सिरहा: साढे तीन विघाको गाँजा खेति फडानी

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

राम नारायण पंडित | कात्तिक १२, सिरहा | सिरहाको कर्जन्हा नगरपालिकामा अबैध रुपमा लगाईएको गाँजा खेति प्रहरीले फडानी गरी नष्ट गरेका छन् । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) दिपेन्द्र शाह र सशस्त्र प्रहरी बल बेश क्याम्प मिर्चैयाका सशस्त्र प्रहरी नायब उपरिक्षक (डिएसपी) गहेन्द्र बहादुर भण्डारीको कमाण्डमा खटिएको संयुक्त प्रहरीको गस्ति टोलीले कर्जन्हा नगरपालिका बडा नं. ५ मा अबैध रुपमा अन्दाजी साढे ३ बिघा जमिनमा लगाईएको करीब २५ हजार गाँजाको बोट फडानी गरी सोमबार नष्ट गरेका छन् ।

अवैध रुपमा लगाईएको गाँजा खेती फडानी गर्न अभियान नै संचालन गरिएकोले सोही अभियान अन्तर्गत गाँजा फडानी गरिएको उनले बताए । गाँजा लागुऔषध भएकाले गाँजा खेति, उत्पादन, खरिद विक्री तथा ओसारपसार गर्नेलाई लागुऔषध नियन्त्रण ऐन अनुसार कारवाही हुने समेत उनले वताएका छन् ।

अबैध घरेलु मदिरा नष्ट

सोही प्रहरी टोलीले कर्जन्हा नगरपालिका बडा नं. ५ स्थित ५ सय लिटर अवैध घरेलु मदिरा र ७ हजार लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेका छन् । गाँजा र अबैध घरेलु मदिराले समाजमा झै–झगडा हुनुको साथै बिकृति बढ्ने भएकाले नियन्त्रण गर्न अभियान संचालन गरिएको डिएसपी शाहको भनाई रहेका छन् ।