2026-09-13 11:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

हुम्लाको पर्यटन प्रवद्र्धन गर्न देउडा गित सार्वजनिक

रेशमराज रोकाया | कात्तिक २८, हुम्ला | हुम्लाको पर्यटन सम्वन्धी देउडा लयको गित युट्युबमा सार्वजनिक भएको छ । मेलापर्व र माया प्रेमका गित मात्र देउडामा गाईने भएको भएता पनि पर्यटन प्रवद्र्धनको लागि भने पहिलोपटक देउडा गित सार्वजनिक भएको छ । युट्युबमा सार्वजनिक भएको गितलाई युथ भ्वाईस नामक यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

जानकी रोकायाको स्वर, रेशमराज रोकायाको गित रचना र शारदा रोकायाको देउडा लयमा रहेको गितमा कुनै संगित नभरिएको भएता पनि दृश्याँकन भने गरिएको छ । आगामी दिनमा गितको स्टुडियोमा संगित सहित गित रेकर्ड गर्ने लक्ष्य रहेको गायिका जानकी रोकायाले बताउनु भयो । भिडियो भने लक्ष्मी मल्टिमेडिया, सिमकोट, हुम्लाले छायाँकन तथा निर्माण गरेको छ । सार्वजनिक भएको १ हप्तामा २५ सय भिउज् संकलन गरिसकेको भिडियोलाई भने सिमकोट गाउँपालिका र सर्केगाड गाउँपालिकाले निर्माण गर्दै गरेको पर्यटन सम्वन्धी वित्तचित्रमा प्रयोग गरिने लक्ष्य रहेको लक्ष्मी मल्टिमेडियाका व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । गाउँपालिकाको पर्यटनसँग सम्वन्धित रहेको वित्तचित्र हाल लक्ष्मी मल्टिमेडियाले निर्माण गरिरहेको छ । आगामी असार मसान्त सम्म सार्वजनिक गरिने वित्तचित्रमा सिमकोट र सर्केगाड गाउँपालिकाको सुन्दरता, पर्यटकिय स्थल र त्यसको बारेमा जानकारी समेटिने लक्ष्मी मल्टिमेडियाका व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । 

हुम्ला पर्यटकिय दृष्टिकोणले सुन्दर भएको भएता पनि प्रचार प्रसारको कमीले गर्दा यहाँका सम्पदार प्राकृतिक स्थलले चर्चा नपाईरहेको व्यवस्थापक लक्ष्मी रोकायाले बताउनु भयो । सानो प्रयासले भए पनि हुम्लाको प्रचार प्रसार र पर्यटन प्रवद्र्धनमा यो भिडियोले सहयोग गर्ने रोकायाको भनाई रहेको छ । विना शुल्क लक्ष्मी मल्टिमेडियाले हुम्लाको बारेमा केही योगदान गर्नु सामान्य मानिएको भएता पनि यहाँको लोक संस्कृती सँगै जिल्लाको बारेमा प्रचार प्रसारमा टेवा पुर्याउने लक्ष्य रहेको छ ।

अत्यन्तै स्वरका धनी जानकी रोकायाको भने यो पहिलो गित सार्वजनिक भएको छ । पहिलो गितमा समाजको लागि केही योगदान स्वरुप गित गाउन पाउँदा आफु अत्यन्त हर्षित भएको र दर्शकले राम्रो प्रतिक्रिया दिँदा आगामी दिनमा केही गर्ने जोश जाँघर पलाएको गायिका जानकी रोकायाले बताउनु भयो । गित मात्र नभएर त्यसको लयमा समेत मिठास भएमा गितले सार्थकता पाउने भएकोले कर्णालीमा नै प्रचलित रहेको भाका र लय आफुले छानी गितको बनाएको लय संकलन शारदा रोकायाको रहेको छ । 

भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले