२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बिशेष खबर

नमुनादीप युवा क्लबमा नयाँ नेतृत्व

२०७५, १६ पुष सोमबार ०४:०२

पौष १५, काठमाडौं । खेलकुद क्षेत्रमा जिल्लाकै चर्चित रहेको नमुनादीप युवा क्लबको नयाँ कार्यसमिति चयन भएको छ। राजधानी काठमाडौंमा आइतबार भएको साधारणसभाले राजन बस्‍नेतको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।


नवनिवार्चित कार्यसमितिको उपाध्यक्षमा निरोज पौडेल, सचिवमा प्रज्वल पौडेल, सहसचिवमा डिल्लीबहादुर तामाङ र कोषाध्यक्षमा सुजन घिमिरे सर्वसम्मत भएका छन् ।

त्यसैगरी सदस्यहरूमा निरज पौडेल, सुदीप निरौला, युवराज सुनुवार, यशोधा पौडेल, शीला गौतम, सम्झना कार्की, आनन्द सुनुवार, र कुमार दर्जी रहेका छन् ।

नवनिर्वाचित क्लबका अध्यक्ष राजन बस्‍नेत (भान्जा) ले खेलकुद क्षेत्रको
विकासमा संस्थाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले भने– 'जिल्लामा
आफ्नो कार्यकालमा युवाहरुलाई समेट्दै जिल्लाकै नमुना क्लबको रुपमा विकास
गरी प्रभावकारी रुपमा काम गर्छु ।'


                                                           
उनले सरकारी तथा गैह्रसरकारी संघ/संस्थासँग समन्वय गर्दै अगाडि बढ्ने बताए । बस्‍नेतले जिल्लामा सामाजिक, आर्थिक रूपान्तरणको अभियानमा क्लबले काम गर्ने उल्लेख गरे ।

उपाध्यक्ष निरोज पौडेलले विकास निर्माणका काममा सरकारको परिपूरकका रुपमा योगदान पुर्‍याउने बताए । उनले युवाको सीप क्षमतालाई अभिवृद्धि गर्न संस्थाले आगामी दिनमा कार्ययोजना बनाएर अगाडि बढ्ने धारणा राखे ।

क्लबका सल्लाहकार निर्मल पौडेलले भलिबल खेलको क्षेत्रमा क्लवले गरेको योगदानको कदर गर्दै आगामी दिनमा अझ सशक्त भई खेलकुद तथा सामाजिक विकासमा लाग्नुपर्ने धारणा राखे।


    
कार्यक्रम निवर्तमान अध्यक्ष विष्णु पौडेलको सभाअध्यक्षतामा भएको थियो । २०६५ सालमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको नमुनादीप युवा क्लबको केन्द्रीय कार्यालय बानेश्वर काठमाडौं र शाखा कार्यालय सैपु रामेछापमा रहेको छ। क्लबले राष्ट्रियस्तरका भलिबल प्रतियोगिता गर्नुका साथै सामाजिक क्षेत्रमा विविध काम गर्दै आएको क्लबका सचिव प्रज्वल पौडेलले जानकारी दिए । उनले भने -'क्लबले आगामी दिनमा सबैसँग समन्वय गर्दै रचनात्मक कामलाई पनि प्राथमिकता दिइन्छ।'

सार्क फण्डको लगानीमा निर्माण भएको नमुनादीप युवा क‍्लबको ४ कोठे पक्की भवनबाट अहिले वडा कार्यालयका कामसमेत संचालन हुँदै आएको छ ।

- तस्बिर : निरोज पौडेल


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने